२०७८, ५ असार शनिबार

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई एक लाख राहत दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ । प्रदेश सरकारको बैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई प्रदेश बिपद् व्यवस्थापन कोषबाट राहत रकम उलब्ध गराउने निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले आवश्यक कार्यविधि, मापदण्डलाई आधार बनाएर राहत वितरण गरिने बताइन् ।