२०८३, १८ असार बिहीबार

वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउँदै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजन सहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोनाको दोस्रो लहर अत्याधिक मात्रामा देखिरहेको छ । संक्रमितको दर संगै मृत्युदर पनि बढिरहेको छ । थप अवस्थालाई मध्येनजर गर्दै नगरले अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने बताएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा कोरोनाका विरामीले अस्पतालमा बेड पाउन मुस्किल हुने अवस्था आएपछि वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजनसहित अस्पताल संचालन गर्न लागेको नगरउपप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार तत्कालै २५ बेडको सेवा सुरु गरिने छ । भने २५ बेड फेरी थप गरिनेछ ।

जसका लागि कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा विकास गरिनेछ । नगरपालिकाको निर्णय अनुसार अस्पताल संचालनको तयारी अन्तिम चरणमा रहेको उपप्रमुख ढकालले बताइन् ।