२०८३, १८ असार बिहीबार

कर्णालीमा थप २५९ जनामा कोरोना पुष्टी, १६३३ सक्रिय संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड—१९)को संक्रमण पुष्टी भएको छ । आरटी पिसिआर विधिबाट ३ सय २ जनाको स्वाब परीक्षण गरीएकोमा २ सय १४ र ४ सय ३७ जनाको ¥यापिड एन्जिटेन विधिबाट गरीएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टी भएको छ ।

हो संगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या ९ हजार ६ सय ६ पुगेको छ । कुल संक्रमित मध्ये ७ हजार ५ सय ७१ जना उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा १० जना निको भएका छन् ।

नयाँ संक्रमितहरु सुर्खेतका १ सय ७२, दैलेखका ३२, जुम्लामा २२, कालिकोटमा १७, डोल्पामा ६, मुगुमा ३ र अन्य प्रदेशमा ७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भए संगै कोरोना संक्रमित मध्ये ५० जनाको मृत्यु भएको छ । कुल संक्रमित मध्ये एक हजार ६ सय ३३ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।