२०८१, २१ बैशाख शुक्रबार

सुर्खेत सहित देशभरका २३ जिल्लामा निषेधाज्ञा

सुर्खेत । कोरोनाको संक्रमण बढ्दै गए पछि देशभरका २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्ने योजना सहित सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले धमाधम निषेधाज्ञा जारी गरेका हुन् ।
देशका ७७ वटै जिल्लामा कोरोनाको दोस्रो लहर पुगिसकेको छ । ५ सय बढी संक्रमित भएका जिल्लाको संख्या पनि १५ पुग्न लागेको छ । संकट बढ्दै गएपछि विस्तारै विस्तारै पूरै देश नै लकडाउनतर्फ गइरहेको छ ।

सरकारले कोभिड–१९ को सङ्क्रमण हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । गृह मन्त्रालयका अनुसार शनिबार बिहान सम्म विवरणमा २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसमा १९ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । भने बाँकी जिल्लाहरुमा पनि हुने क्रममा रहेको छ ।

कोरोनाको जोखिम बढेको भन्दै बैशाख १५ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा २१ गते राती १२ बजे सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।