२०८१, ७ बैशाख शुक्रबार

कर्णालीमा बढ्दै कोरोनाको मृत्युदर– २ दिनमा ८ को मृत्यु

Virus Outbreak India

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमितको मृत्युदर बढ्दै गएको छ । पछिल्लो २ दिनमा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । जसमा ५ जना सुर्खेतका र सल्यान, रुकुम पश्चिम र दैलेखका एक एक जना रहेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार बिहीबार ४ र शुक्रबार ४ जना संक्रमितको मृत्यु भएको हो । यो संगै कर्णाली प्रदेशमा कुल कोरोना संक्रमित मध्ये ४७ जनाको मृत्यु भएको छ ।