२०७८, ३१ जेष्ठ सोमबार

बोनम्यारो पीडित शुसिलको जीवन रक्षाकोलागि सहयोगको अपिल

सुर्खेत । बोनम्यारो पीडित दैलेखको भगवतीमाई गाउँपालिका–२ बस्तडाका ११ बर्षीया शुसिल शाहीको जीवन रक्षाका आगि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । विगत एक महिना देखि काठमाडौँको शिविल अस्पतालमा उपचाररत शाहीको उपचारमा ठूलो रकम लाग्ने भएपछि परिवारले सहयोगको लागि अपिल गरेका हुन । शुुसिलको उपचारको लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको तर आफुहरु संग त्यति ठूलो रकम नभएको भन्दै सहयोगको लागि उनका हजुरबुवा रामबहादुर शाहीले अपिल गरेका छन् ।

शुसिलको उपचारको लागि गाउँघरमा ऋण मार्फत उठाएको साढे ३ लाख तथा सहयोग मार्फत आएको झण्डै ३ लाख रुपैयाँ खर्च भइसके पनि उनको अवस्थामा कुनै सुधार नभएको हजुरबुवा रामबहादुर शाहीको भनाई छ । शुसिलको जिवन रक्षाको लागि शुसिल बचाउन अभियान समेत सुरु गरिएको छ । अभियान मार्फत विभिन्न क्षेत्रलाई सहयोगको लागि अपिल गरिएको परिवारजनले बताएका छन् । हाल काठमाडौँमा शुसिललाई २÷२ दिनको २ पइन्ट ब्लड आवश्यक पर्ने भन्दै ब्लड व्यवस्थापनको लागि पनि अपिल गरिएको छ । शुसिलका बुवा जन्मजात अपाङ्ग हुन भने आम पाठ्यघरको समस्याबाट पीडित छन् ।

शुसिललाई सहयोग गर्न चाहानेले उनका हजुरबुवा रामबहादुर शाहीको प्रभु बंैकमा रहेको खाता नम्बरः १५१०१०२८०८५०००१२ र उनका ठूलो बुवा अमृत शाहीको प्रभु बंैकमा रहेको खाता नम्बर १५१०१०२३८७३०००११ मा सहयोग गर्न सकिनेछ । साथै अमृत शाहीको मोवाईल नम्बर ९८५८०६२५०१० मा पनि सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित समाचार