२०८१, २१ बैशाख शुक्रबार

सनकमा ओलीले संविधान माथी प्रहार गरे – कृष्ण पहाडी

वीरेन्द्रनगर–६ स्थित पिपलचौतारामा आयोजना गरिएको नागरिकसभालाई सम्बोधन गर्दै मानव अधिकारकर्मी कृष्ण पहाडी ।  फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सनकमा प्रधानमन्त्री केपी शर्मा ओलीलले संसद विघटन गरेर संविधानमाथी नै प्रहार गरेको आरोप लगाएका छन् । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको नागरिक सभालाई सम्बोधन गर्दै पहाडीले नेकपा भित्र अल्पमतमा परेका ओलीले पार्टी, संसद र संविधान माथि नै आगो लगाएको आरोप लगाए ।

‘यो दलिय व्यवस्था हो । दलिय व्यवस्थामा उहाँ आफ्नो दलमा अल्पमतमा पर्नुभयो त्यसपछि उहाँले दलमा आगो लगाईदिनुभयो,’ उनले भने, ‘उहाँ निर्दलिय पक्षधर देखिनुभयो । चारेले पनि तिन वटा घर छोडेर चोर्छ भनिन्छ तर खड्ग प्रसादले तिन वटा घर नै छोड्नुृ भएन नेकपा संगै संसद र संविधान माथि नै आगो लगाई दिनुभयो ।’ संसद र संविधानमा लागेको आगो निभाउन दम्कलको भूमिकामा सर्वोच्च अदालत देखिएको भन्दै उनले अब त्यसमा पानी खन्याउने वा पेट्रोल छर्कीने त्यो सर्वोच्चको हातमा रहेको बताए ।

एक महिना अघि सम्म संविधान अनुसार संसद विघटन गर्ने प्रावधान नै छैन भनेर ब्याख्या गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद ओली, राष्ट्रपति विद्यादेवी, सुवासचन्द्र नेम्वाङले अचानक सनक र लहरीको भरमा विघटन गरेको आरोप लगाए ।

‘संविधान निर्माण गर्दा केपी ओली, विद्यादेवी भण्डारी, सुवासचन्द्र नेम्वाङले नै संसद विघटनको प्राब्धान हटाउनुपर्नेमा जोड दिनु भएको थियो,’ उनले भने, ‘अहिले उहाँहरु एउटा जोक्कर जस्तो बन्नु भएको छ । लहरी र सनकी केपि ओलीले जे पनि गर्नुहुन्छ । प्रधानमन्त्री हुने बित्तिकै सत्ताको भोक चढ्यो ।’

अहिलेको अवस्थामा विश्व संसार नै कोरोना भाइरस विरुद्धको सुई लगाउने तयारी गरेको बेला नेपालमा त्यसको सुरुवात समेत नहुँनु दुखत कुरा भएको उनको भनाई छ ।
ओली प्रतिशोतको भावनाबाट म रहे सम्म देश रहन्छ नत्र देश नै रहँदैन भन्ने सम्मको अवस्थामा पुगेको आरोप लगाए । अदालतमा पुगेको संसद विघटनको मुद्दा जति ढिला हुन्छ त्यति नै खड्ग ओलीको खड्गवाद चल्ने उनको भनाई छ ।