२०८१, ७ बैशाख शुक्रबार

युवाहरुले सुरु गरे ‘क्लिन कर्णाली, ग्रिन कर्णाली’ अभियान

सुर्खेत । कर्णालीमा युवाहरुको समूहले ‘क्लिन कर्णाली एण्ड ग्रिन कर्णाली’ नामक अभियानको सुरुवात गरेका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा रहेको फोहोरलाई व्यवस्थापन गर्दै अभियानको सुरुवात गरिएको हो । वीरेन्द्रनगरको ऐरिचोक देखि वीरेन्द्रचोक सम्मको भागमा सरसफाई गरेर अभियानको सुरुवात गरिएको हो ।

‘मेरो फोहोर, मेरो जिम्मेवारी’ भन्ने मुल नाराका साथ अभियानको सुरुवात गरिएको हो । कर्णाली युथ पावर (केवाईपी) संगको सहकार्य वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर वडा नम्बर ६, सुर्खेत उद्योग वाणिज्य संघ, सुर्खेत वीरेन्द्रनगर जेसिज संगको सहकार्यमा अभियानको सुरुवात गरिएको हो ।

अभियान अन्तर्गत पहिलो दिन वीरेन्द्रनगर बजार क्षेत्रमा सरसफाई गरिएको र आगामि दिनमा प्रत्येक शनिबार त्यसलाई निरन्तरता दिने अभियानका संयोजक राजेश हमालले बताए । युवाहरुको उत्साहपूर्ण सहभागितामा अभियानको सुरुवात भएको कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ । अभियानलाई बिस्तार कर्णाली प्रदेशका सबै जिल्लामा पु¥याउने उनको भनाई छ ।

युवाहरुले गरेको अभियानलाई साथ सहयोग गरेर निरन्तरता दिनुपर्ने कर्णाली युथ पावरका संयोजक भिम थापाले बताए । ‘युवाहरुको तिव्र इच्छा चाहानाबाट अभियानको सुरुवात गरिएको छ । यसले निरन्तरता पाउने छ ।’ थापाले भने, ‘वीरेन्द्रनगर नगरपालिका, वडा कार्यालय तथा अन्य विभिन्न क्षेत्रको यसमा सहयोग आवश्यक छ ।’