२०८१, १९ बैशाख बुधबार

सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

सुर्खेत । सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । प्रशासनले आईतबारबाट नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण सुरु गरेको हो ।

पहिलो परिचयपत्रमा नाम समावेश गरेर सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सेवाको शुभारम्भ गरेका छन् । विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको शुरुवात गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सुचना अधिकारी पदमलाल लामिछानेले सुर्खेतमा पहिलो पटक लागु भएको तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्रको सेवा शुरु गरिएको जानकारी दिए । कोरोना महामारीका कारण सेवा शुरू गर्न ढिलाइ भएपनि आजदेखि शुरू गरिएको लामिछानेको भनाइ छ । परिचयपत्रले व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्नमा थप सहज हुने उनको भनाई छ ।