२०८१, २ बैशाख आईतवार

आठबिसकोटले सातै दिन विद्यालय सञ्चालन गर्ने

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्तामा सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण लामो समय विद्यालय बन्द रहेकाले अब सातै दिन विद्यालय सञ्चालन गर्ने बताइएको छ । कुनै विशेष परिस्थिति बाहेक अन्य समयमा विद्यालय बन्द नहुँने आठबिसकोट नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले जानकारी दिए ।

साथै उनले चालु बर्षको शैक्षिक सत्र बैशाख सम्म सुरु गर्ने बताए । ‘हामीले बैशाख सम्म विद्यालय सञ्चालन गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘लामो समय विद्यालयहरु बन्द रहए त्यो समयमा बैकल्पिक माध्यामबाट पढाउन सकिएन । त्यसैले पनि अब एक सय ५५ दिन पढाउने गरी अघि बढेका छौँ ।’

शुक्रबार पनि पुरै दिन बढाई हुने, शनिबार पढाई संगै अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने नगरपालिकाले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय पछि मात्रै नगरकार्यपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख केसीको भनाई छ । नगरभित्रका ६१ वटा समुदायिक र २ वटा संस्थागत विद्यालय रहेका छन् । आठबीसकोटमा २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय कात्तिक १६ गतेदेखि सञ्चालन गरिएको थियो ।