२०८१, २९ चैत्र शनिबार

नेकपा कर्णालीका शिर्ष नेता काठमाडौँमा, विवाद्बारे आज छलफल हुँदै

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद् समाधानको लागि नेकपा कर्णाली प्रदेशका शिर्ष नेताहरु काठमाडौँ पुगेका छन् । नेकपाका अध्यक्षदय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद् समाधानको लागि काठमाडौँ बोलाए संगै नेताहरु काठमाडौँ गएका हुन । काठमाडौँ पुगेका पदाधिकारीहरु बिच आज (बिहीबार) छलफल हुने भएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दर्ता पछिको उत्पन्न विवाद् अन्तत सहमतिमै टुङगिएको छ । मुख्यमन्त्री विरुद्ध हस्ताक्षर गरेका माधव नेपाल पक्षका सात जना सांसदले हस्ताक्षर फिर्ता लिए संगै मुख्यमन्त्रीको पद जोगिएको हो । मुख्यमन्त्री शाही र नेता नेपाल समूहबीच मन्त्रिपरिषद् पुनगर्ठन गर्ने र सचेतक नियुक्त गर्ने सहमति जुटेपछि अविश्वासको प्रस्ताव बिफल भएको थियो ।

नेता नेपाल पक्षका थप तीनजना मन्त्री बनाउने र सचेतक नियुक्त गर्ने सहमति भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने हुन सकेको छैन । हाल कर्णालीको सरकारमा नेपाल पक्षबाट एक जना मात्रै मन्त्री रहेका छन् । यो संगै कर्णालीको मन्त्री मण्डलमा नेपाल कक्षका चार जना मन्त्री रहने छन् ।

अविश्वासको प्रस्ताव पछि उत्पन्न विवाद्ले नेकपा केन्द्र देखि प्रदेश सम्मको राजनिनिक मावल तताएको छ । सोहि विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली बिच पनि छलफल बेला बेलामा भइरहेको छ । सोहि बिषयमा बुधबार पनि प्रचण्ड र ओली बिच छलफल भएको छ । प्रचण्ड र ओली बिच बुधबार अढाइ घण्टा लामो सम्वाद भएको थियो ।

कर्णालीमा नेकपामा देखिएको विवादबारे दुई अध्यक्ष बीच सम्वाद भएको स्रोतले जनाएको छ । तर, ठोस् सहमति भने जुट्न सकेको छैन । कर्णालीका नेताहरुसँग बसेपछि मात्रै समाधानको विकल्पमा छलफल हुने बुधबार त्यस्तो ठोस् निष्कर्ष नआएको बालुवाटार स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् भने सह इन्चार्ज यामलाल कँडेल हुन । यस्तै कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाही, निलम्बित प्रमुख सचेतक गुलाबजंग शाहलगायत नेताहरूसँग अध्यक्षद्वयले भोलि भेट गर्नेछन् । छलफलले यस अहिलेको राजनीतिक विवादलाई समाधान गर्ने बताइएको छ ।