कंडेलको मुख्यमन्त्री बन्ने पर्यास असफल, मुख्यमन्त्री शाहीलाई नेपाल पक्षको साथ
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्को अविश्वासको प्रस्तावबाट वरिष्ठ नेता माधवकुमार नेपाल समूह ब्याक भए संगै नेता यामलाल कंडेलको मुख्यमन्त्री बन्ने अर्को पर्यास असफल भएको छ ।
आइतबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का १८ जना सांसदले पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने आकलन गरिएको थियो । दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता नेपाल पक्षका सात जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन् । यो संगै नेकपा कर्णाली प्रदेशका सह–ईन्चार्ज समेत रहेका यामलाल कंडेलका यस अघिका प¥यास जस्तै यो प¥यास पनि असफल भएको हो ।
कृर्मराज शाहीलाई सचेतकको जिम्मेवारी
अविश्वासको प्रस्तावबाट पछाडी हटे संगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीलाई दिएका छन् । यस अघि सोमबार मुख्यमन्त्री शाहीले आफुविरुद्ध हस्ताक्षर गर्ने प्रमुख सचेतक गुलावजंग शाहलाई निलम्बन गरी सचेतक सिता नेपालीलाई प्रमुख सचेतकको रुपमा नियुक्त गरेका थिए । त्यो संगै रिक्त रहेको सचेतक पदमा शाहीलाई नियुक्त गरिएको हो ।
नयाँ मन्त्री मण्डल गठन हुँदै, को को बन्दैछन् मन्त्री
नेपाल पक्ष संग सहमति भए संगै कर्णाली प्रदेशको मन्त्रीमण्डल पुनर्गठन हुने बताइएको छ । स्रोतका अनुसार मादव नेपाल पक्षले हाल मन्त्री रहेका प्रकाश ज्वाला र अन्य तीन मन्त्री पाउने भएको छ । विवाद समाधानका क्रममा प्रदेश सरकारमा ज्वालासहित ४ जनालाई मन्त्री बनाउने सहमति भएको बताइएको छ । यस अघि नेपाल पक्षबाट ज्वाला मात्रै सरकारमा मन्त्री थिए । स्रोतका अनुसार मुख्यमन्त्री शाहीलाई मन्त्रीका लागि ज्वालाले नयाँ तीन जनाको नाम बुझाएका छन् । जसमा मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटका करवीर शाहीको नाम पठाइएको बताइएको छ ।
नेपाल पक्ष संग कसरी भयो सहमति
पार्टी केन्द्रको दबाव, प्रदेश नेताहरुबीच भागवण्डा र नेकपाका नेता निरज आचार्यको प्रभावकारी भुमिकाका कारण शाही नेतृत्वको कर्णाली सरकार अन्तिम समयमा जोगिएको हो । परिस्थितिलाई साम्य बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले आफ्नो दुतका रुपमा पार्टीका केन्द्रीय सदस्य आचार्यलाई सुर्खेत पठाएका थिए ।
नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति पछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । सहमतिका सुत्राधार आचार्यले सोमबार साँझ नै मुख्यमन्त्री शाही, नेता प्रकाश ज्वाला, ध्रुव शाही लगायतका नेताहरुसँग छलफल गरेका थिए । आचार्यको पहलमा नेताहरु प्रकाश ज्वाला, ध्रुब शाही, मुख्यमन्त्री शाही, नेकपा कर्णालली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट सहितको सोमबार साँझदेखिको निरन्तर छलफलले मंगलबार दिउसो सार्थकता पाएको हो । मंगलबार भएको छलफलमा नेता आचार्यको प्रस्ताव अनुसार मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।
कंडेल सहितका नेताहरुलाई काठमाडौँ बोलाइयो
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगे पछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएका छन् । कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली–प्रचण्डको छलफलपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेता यामलाल कंडेल सहितका नेताहरुलाई काठमाडौं बोलाइएको हो । उनीहरुलाई बिहीबार काठमाडौं आउन भनिएको स्रोतले जनाएको छ ।
कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् । आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ । अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल–प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।
माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । यसले गर्दा मुख्यमन्त्री महेन्द्र बहादुर शाही भने सुरक्षित रहेका छन् ।