२०८१, २० बैशाख बिहीबार

‘स्लो बाइक रेस’ मा यादव प्रथम

downloadबाँके, भदौ २१ । कोहलपुर जेसीजको आयोजनामा सञ्चालित जेसीज सप्ताहको तेश्रो दिन सोमबार कोहलपुरमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा सन्दिव यादव प्रथम भएका छन् । करिब ४० जना प्रतिस्पर्धीमध्ये स्लो बाईक चलाएर यादव उत्कृष्ट भएको कोहलपुर जेसीज अध्यक्ष हेमराज खनालले जानकारी दिए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक कमलप्रसाद खरेलले अधिकांश दुर्घटना तीब्र गतिका कारण हुने बताउँदै यस्ता किसिमका कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा कोहलपुर व्यापार संघका अध्यक्ष नरेन्द्रप्रसाद शर्मा, इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कोहलपुर जेसीजका सचिव उत्सव काफ्लेको संयोजकत्वमा भएको थियो ।