बाँकेको निरन्तरको निषेधाज्ञासँगै कर्णाली प्रवेश हुने नाकामा कडाई गर्ने कर्णाली सरकारको तयारी
सुर्खेत, २८ साउन ।
कर्णाली प्रदेश भित्रिने प्रमुख जिल्ला बाँकेमा कोरोना संक्रमणका कारण निरन्तर निषेधाज्ञा बढदै गएको र त्यसले कर्णाली पनि उच्च जोखिममा रहेको भन्दै प्रदेश सरकारले सीमानाकामा कडाई गर्ने तयारी गरेको छ । प्रदेश विपद व्यवस्थापनक केन्द्र श्रोतका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साउन २९ गते विहान ८ बजे केन्द्रको बैठकसमेत बोलाई सकेका छन् । यसबारेमा मुख्यमन्त्री शाहीले कोरोना नियन्त्रण गर्न कडा कदम चाल्न सक्ने संकेत मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नै देखाएका थिए । बाँकेमा पहिलो पटक वैशाख २२ गते देखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीका अनुसार सरकारले कर्णालीका नाकामा कडाई गर्ने निर्णय गर्ने बताए । केन्द्रको बैठकले नाकामा कडाई गर्नेका अलावा नागरिकलाई मास्क वितरण गर्ने देखि स्वास्थ्य संस्थाहरुको थप क्षमता अभिवृद्धि गर्ने सम्मका निर्णय गर्न सक्ने उनको भनाई छ ।
