२०८१, २६ फाल्गुन सोमबार

कर्णालीमा घटदै कोरोना संक्रमण, २२१ जना मात्रै आइसोलेसनमा

सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना संक्रमित भइ पुष्टि हुनेहरुको संख्या दैनिक रुपमा घटदै गइरहेको सामााजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार साउनको एक गते १२ जनामा कोरोना पुष्टि भएको थियो भने साउन दुइ गते सातत जनामा र आज साउन तिन गते जम्मा ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
‘२०७७ जेठ पाँच गते देखि ३२ गतेसम्म कर्णालीमा ९५७ जनामा कोरोेना देखिएको थियो । असार एक गते देखि ३१ गतेसम्म ७५७ जनामा कोरोना देखिएको छ । तर साउनमा भने २३ जनामा मात्रै कोरोना पुष्टि भएको हो ।’ उनी भन्छन, ‘दैलेखमा हालसम्म ८११ जनामा कोरोना देखिएको छ भने सुर्खेतमा ४९७ जनामा कोरोना देखिएको हो । सल्यानमा २२० जनामा कोरोना देखिएको छ । जम्मा १७३७ जनामा कोरोना पुष्टि हुँदा २२१ ज्ना मात्रै आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।’
कर्णालीमा हालसम्म ३६ हजार ७२३ जनाको स्वाव जाँच गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले १८ हजार ४६४ जनाको स्वाव जाँच गरेको छ । प्रदेश अस्पताल कालागाउँ सुर्खेतले १६ हजार २३९ जनाको, दैलेख अस्पताल दैलेखले १२४४ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकमुम पश्चिमले ७७६ जनाको पिसिआर जाँच गरेको छ ।
दैलेखमा ३४ जना, सुर्खेतमा १२६ जना, जाजरकोटमा पाँच जना, सल्यानमा १६ जना, रुकुम पश्चिममा १२ जना, जुम्लामा ६ जना, कालिकोटमा ११ जना, मुगुमा र डोल्पामा एक एक जना आइसोलेसनमा रहि उपचार गराइरहेका छन् ।