२०८१, २८ फाल्गुन बुधबार

३६५ जनाले जिते कोरोना: १३ जनाको ज्यान गयो, ३२३५ जना संक्रमित

आज जनकपुरबाट थप १५ जना डिस्चार्ज भएका छन् । उनीहरु धनुषा, सर्लाही, महोत्तरी र झापाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

प्रवक्ताका अनुसार उनीहरु १८ देखि ४५ वर्षसम्म रहेका छन् र उनीहरु कोरोना संक्रमण देखिएको १२ देखि १७ दिनमा डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका १५ जना मध्ये १ जना महिला र १४ जना पुरुष रहेका छन् ।

त्यस्तै,बाँकेबाट ४ जना डिस्चार्ज भएका छन् । उनीहरु २ जना बााके र २ जना गुल्मीका रहेका मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । उनीहरु कोरोना संक्रमण देखिएको १५ देखि १७ दिनमा डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका ४ जना २३ देखि ३५ वर्ष उमेरसमुहका रहेका र उनीहरु मध्ये २ जना महिला र २ जना पुरुष रहेका छन् ।

यसैगरी, सेती अस्पतालबाट ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका ६ जना मध्ये १ जना महिला र ५ जना पुरुष रहेका छन् । साथै, सुर्खेतबाट ७ जना डिस्चार्ज भएका छन् । ७ जना डिस्चाज भएका मध्ये १ जना मुगुकी ३५ वर्षिया महिला रहेकी छिन् ।

योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

प्रदेशीक विवरण

प्रदेश नं १ – ७९ जना

प्रदेश नं २ – १३३ जना

वाग्मती प्रदेश – ३२ जना

गण्डकी प्रदेश – ३ जना

प्रदेश नं ५ – ९६ जना

कर्णाली प्रदेश – ९ जना

सुदुरपश्चिम प्रदेश – १३ जना

शनिवार एकैपटक ३२३ जनामा कोरोना पुष्टि, ३२ सय नाघे संक्रमित

नेपालमा आज (शनिवार) एकैपटक ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

आज मात्रै नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने उपचार पछि निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ ।

 

मन्त्रालयले भन्यो- नेपालमा हालसम्म कोरोनाबाट १३ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोनाको कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिवार नियमित पत्रकार सम्मेलनमा थप २ जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिला रहेकी छिन् ।

डोल्पाका ५८ वर्षीय पुरुषको गत जेठ २१ गते मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

गत जेठ १८ गते नेपालगञ्ज,सुर्खेत,जुम्ला हुँदै डोल्पा पुगेका उनको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको थियो । तर मृत्यु पछि गरिएको आरडीटी परीक्षणमा भने उनको रिपोर्ट पोजेटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार उनी लामो समयदेखि दमको रोगी रहेका थिए ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट धनगढीकी ४ की एक महिलाको मृत्यु भएको छ । डायलाईसिसको उपचार गराईरहेकी उनको जेठ १३ गते मृत्यु भएको हो । सेती प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।