२०८१, २८ फाल्गुन बुधबार

काेराेना महामारीमा तालिमे प्रहरी जनशक्तिलाई खटाउन संघीय सरकारसँग समन्वय गर्न विधायन समितिको कर्णाली सरकारलाई निर्देशन

सुर्खेत, २४ जेठ ।
कर्णाली प्रदेश सभाको विधायन समितिले कर्णालीमा दैनिक रुपमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गइरहेको बताउँदै प्रदेशमा तालिमे जनशक्तिका रुपमा प्रशिक्षण लिइरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरकिा जवानलाई खटाउन संघीय सरकारसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । ‘क्वारेन्टाईन, आइसोलेशन र आवश्यक ठाउँमा प्रदेश सरकारले संघिय सरकारसँग समन्वय गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिमे जनशक्तिसमेतको व्यवस्थ ागर्न समन्वय गरि परिचालन गर्न निर्देशन दिएका छौं ।’ समितिका सदस्य धर्मराज रेग्मीले भने, ‘प्रदेशमा कम्तिमा दश वटा एम्बुलेन्स र आवश्यक शव वाहन विपद व्यवस्थापन केन्द्रले किन्ने व्यवस्था गरि सो को लागि आवश्यक चालकहरुको व्यवस्था मिलाउने निर्देशन दिएका छौं ।’


समितिका अध्यक्ष पदमबहादुर रोकायाले कर्णालीमा स्वास्थ्यकर्मीहरुको अभाव हुँदा कोरोनाको उपचारमा खटाउन जनशक्ति अभाव भएकोले करारमा कर्मचारी भर्ना गर्न र चेकजाँचको दायरा बढाउन निर्देशन दिइएको बताए । ‘दैलेखमा तत्काल परिक्षण बढाउन पिसिआर मेसिन जडान गर्ने एवम प्रदेश बाहिर समेत सम्भव भएका ठाउँमा स्वाव परिक्षण गर्ने व्यवस्था मिलाउन केन्द्रलाई निर्देशन दिएका छौं ।’ अध्यक्ष रोकायाले भने, ‘प्रदेशमा हाल बढिरहेको जोखिमलाई ध्यानमा राखि आइसोलेसन व्यवस्थापन लगायतका विषयमा नयाँ रणनीति बनाउन प्रदेश सभा सदस्य तथा स्थानीय तहको सुझाव निरन्तर लिन निर्देशन दिएका छौं । अध्यक्ष रोकायाका अनुसार समितिले संक्रमितहरुको संख्या र जोखिमको अवस्थाको आधारमा प्रभावित जिल्ला र पालिकाहरुमा स्वास्थ्यकर्मीहरुको परिचालन गरि स्वाव संकलन र परिक्षण बढाउन निर्देशन दिएको छ ।