२०८१, २८ फाल्गुन बुधबार

कर्णालीमा थप १०६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८४ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा थप एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा एकैपटक १०६ जनालाई कोरोना संक्रमण देखिएको हो ।
आज संक्रमण देखिनेहरूमध्ये एक महिलासहित १०५ जना दैलेखको नारायण नगरपालिकाका र १ जना पुरूष मुगुको खत्याड गाउँपालिकाका रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८४ पुगेको छ । बुधबारसम्म कर्णालीका ६ जिल्लामा २७८ जनामा कोरोना संक्रमण भएको थियो ।

बुधबारसम्म दैलेखमा १०५ जना कोरोना संक्रमित थिए । बिहिबार १०५ जना थपिएसंगै दैलेखमा मात्रै २१० जना कोरोना संक्रमित भेटिएका छन् ।