२०८१, २ कार्तिक शुक्रबार

प्रदेश अस्पतालको आइसोलेसन कक्षमा सुधार, टेबुलमै खाना, स्वास्थ्यकर्मीको निरन्तर निगरानी, वाईफाई बन्द गर्न वा प्रभावकारी बनाउन नेता ढकालको माग

सुर्खेत, २२ जेठ ।
नयाँ नेपाल दैनिकमा बुधबार कोरोना संक्रमित अखिल नेता जगत ढकालको समाचार प्रकाशन भएपछि प्रदेश अस्पताल प्रशासनले आइसोलेसुन कक्षमा सुधार गरेको छ । अहिले आइसोलेसन कक्षमा बसेका कोरोना संक्रमितलाई टेबुलमै खाना दिन थालिएको छ भने आइसोलेसन कक्षको सरसफाई समेत गरिएको कोरोना संक्रमित विद्यार्थी नेता जगत ढकालले बताए । उनले एकै दिनमा भएको परिवर्तनबारे नयाँ नेपालसँग यसरी साटे अनुभव उनकै शब्दमाः


‘पहिले म बस्ने समयमा साह्रै अप्ठ्यारो महसुस भएको थियो । हिजो बुधबारबाट म लगाएतलाइ बसाई ब्यबस्थापनमा अस्पताल प्रशासनको ध्यान पुगेको छ । अहिले म छुट्टै कोठामा बसेको छु । हिजोबाट किरा र फटयांग्रले सुत्न नदिने आइसोलेसन बेडबाट मुक्त छु ! अहिले मलाई स्वास्थकर्मीहरुले पनि बेला–बेला फोन गरि राख्नु भएको छ । मलाई बिशेश गरि जन स्वास्थ कार्यालयका अमर राना सर र बालरोग बिषेशज्ञ डा. नवराज केसीले आत्मबल बढाउँदै आइरहनु भएको छ ।
कम्तिमा यहाँका सबै बिरामिहरुलाई स्वास्थकर्मीहरुले दिन दुइपटक सम्म के कस्तो छ ? के गरि राख्नुभाको छ । अब केहि आवश्यकता छ कि छैन भन्ने कुरा गरेको भए थप राम्रो हुन्थ्यो । त्यस्तो भएको भएको भए अझ बिरामीहरुले आफू बिरामी भएको महसुस नै गर्थेनन होला ! हो म नि बुझ्छु स्वास्थकर्मीको पीडा । मेरो परिवारमा पनि हुनुहुन्छ नेपाल सरकारको जागिर खाइरहेका सदस्यहरु । मैले उहाँहरुले गरेनन भन्दा पनि अस्पताल प्रशासनले ब्यबस्थापन गरिनु पर्थ्यो । यहाँका जनप्रतिनिधिले पनि ब्यबस्थापन गर्नुपर्छ । म बिरामी हुँदा अस्पतालको बेडमा पुग्दा घर भन्दा अलि फरक नभए त मान्छे हतोत्साहित भै नै हाल्छ । म अझ सुझाव त के दिन चाहन्छु भने अस्पताल प्रसासन र जनप्रतिनिधिहरुले यहाँका कोरोना संक्रमितहरुलाइ फोन मार्फत भएपनी हौसला प्रदान गर्नुस । यहाँका बिरामीहरुलाइ बिरामी भएको महसुस नै हुने छैन ! यहाँको वाइफाई नेटवर्क सकेसम्म राम्रो भैदिए बिरामी आफ्नै बेडबाट सामाजिक संजाल चलाँउथे । राम्रै हुन्थ्यो तर त्यो नहुदा बरु त्यो वाइफाइ बन्द गर्दा नै राम्रो होला किनभने आफ्नो बेडमा नेटवर्क नहुँदा बिरामीहरु एकै ठाउँ जम्मा भएर सञ्जाल चलाउन आउँछन । यसले गर्दा रिकभर हुन लागेका बिरामी पनि थप नया बिरामीसंग सम्पर्क हुँदा उपचारमा समय लाग्ने देखिन्छ । अहिले खाना वा केही कुरा पनि टेबुलमा राखिन्छ अनि हामी लिएर खान्छौं । सुरुमा आइसोलेसनमा ल्याएको व्यक्तिलाई के चीज कता पाईन्छ भन्ने कुरा जानकारी दिनुपर्छ । यहाँ खाजा पाइने कुरा मैले तीन दिन पछि आजमात्र थाहा पाएँ । प्रेसर नाप्ने मेसिन पनि आज पाइएको छ । सामाग्री पनि टेबुलमा राखिएको छ । सुधार आएको छ । यो प्रशंसनीय छ ।’