२०८१, ३० आश्विन बुधबार

श्वास फेर्न गाह्रो हुँदा सुर्खेत पञ्चपुरीका युवकको मृत्यू, स्वाव संकलन गर्न स्वास्थ्यकर्मी जाँदै

सुर्खेत, २२ जेठ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. एक हाँसेका २० वर्षीया युवाको विहीबार विहान श्वास फेर्न गाह्रो भएका कारण निधन भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । प्रहरी निरीक्षक असरथ अलि अन्सारीका अनुसार भारतको मुम्बईबाट जेठ ९ गते उनी पञ्चपुरीमा आइपुगेका थिए । ‘उहाँ यहाँ आइसकेपछि पञ्चपुरी नगरपालिका वडा नं. ९ को विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा उनी बसेका थिए । बुधबार साढे चार बजे उनको आरडिटी जाँच गरिसकेपछि उनको नतिजा नेगेटिभ आएको थियो । त्यसपछि उनी साढे चार बजे आफ्नो घरतिर लागेका थिए ।’ उनले भने, ‘उनी आज विहान साढे १२ बजे घर पुगेका रहेछन् । उनका दाजुका अनुसार उनको घरबाट साढे चार सय मिटरको दुरीमा मौरी पालनका लागि घर निर्माण गरिएको छ । सोही घरमा क्वारेन्टाईनमा बस्न उनी त्यहाँ गएका थिए । राती एक्कासी ती युवालाई श्वास फेर्न गाह्रो भयो । त्यसपछि उनको निधन नै भयो ।’ प्रहरी निरीक्षक अन्सारीका अनुसार प्रहरी त्यहाँ पुगिसकेको छ भने पञ्चपुरी देखि स्वास्थ्यकर्मीको टोली उनको स्वाव संकलन गर्नका लागि वडा नं. एक तर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।