२०८३, १६ असार मंगलवार

सुर्खेतमा थप १५ जनामा कोरोना संक्रमण: कर्णालीमा संक्रमितको संख्या ३८, सुर्खेतमै ३०

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ । बुधबारमात्रै १५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

भरतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । उनिहरूमध्ये १० जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका, १ जना बझाङका, १ जना ठेगाना नखुलेको  र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए ।

यसअघि दैलेखका ८ जना र सुर्खेतका १५ गरि जम्मा २३ जना संक्रमित थिए । योसंगै सुर्खेतका मात्रै ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
उनिहरू १५ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको खड्काले बताए ।

सुचि हेर्नुस्
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या: ३८

सुर्खेत: ३०:
वीरेन्द्रनगर नगरपालिका- २१ जना
चौकुने गाउँपालिका- ३ जना
बराहताल गाउँपालिकाका- २ जना
भेरीगंगा नगरपालिका- २ जना
सिम्ता गाउँपालिका- २ जना

दैलेख: ८ जना

डुङ्गेश्वर गाउँपालिका- ३ जना
नारायण नगरपालिका- २ जना
गुराँस गाउँपालिका- २ जना
आठवीस नगरपालिका- १ जना