लकडाउनको पालना गर्न सांसद विसुन्केको दैलेखवासीलाई आग्रह
सुर्खेत, ६ जेठ ।
प्रतिनिधि सभा सदस्य पार्वती विसुन्केले दैलेखमा कोरोना संक्रमित व्यक्ति भेटिएको बताउँदै त्यसबाट नआत्तिन र धैर्य हुन दैलेखवासीलाई आग्रह गरेकी छिन् । कोरोनाले संसार नै आक्रान्त पारिएको बेला दैलेखमा कोरोना देखिनु दुखद भएको बताउँदै यस घडिमा लकडाउनलाई कडाईका साथ पालना गर्नुको विकल्प नभएको सांसद विसुन्केले बताईन । ‘कोरोना भाइरस संक्रमितको उपचार विधि छ, निको हुन्छ, तर हामी सबैले आ आफ्नो ठाउँबाट होसियारी र सजकता अपनाउँन जरुरी छ । यसबाट बच्न आत्म विश्वासका साथ प्रतिरोध गर्ने र सरकारले गरेको लकडाउनको पुर्ण रुपमा परिपालना गर्न सबैले जरुरी छ ।’ उनले भनेकी छिन्, ‘यस भाइरसबाट संक्रमित दैलेखी यूवा लगायत सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै धैर्य र आत्मविश्वासका साथ संक्रमणको प्रतिरोध गर्न अभिप्रेरित गर्दै संक्रमित युवाको समयमै उचित उपचारका साथै सम्पुर्ण दैलेख जिल्लाबासी धैर्य र आत्मविश्वासका साथ लकडाउनको पालना गरी बस्न अपिल गर्दछु ।’

