प्रचण्डको दोस्रो कार्यकाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाउने एक्लो कम्युनिष्ट नेता बन्न पुगेका छन् । इतिहासमा यस्तो अवसर विरलै मानिसहरुलाई प्राप्त हुन्छ । गणतन्त्र ल्याउन दश वर्षसम्म सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्ड २०६३ मा मात्र खुला राजनीतिमा आएका थिए ।
इतिहासले उनैलाई २०६५ मा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री अवसर जुराइदियो । अहिले उनको दल माओवादी केन्द्र संसदमा तेस्रो दलको रुपमा रहेको छ । २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा उनको दलले नराम्रो हार व्यहोर्नु परे पनि राजनीतिमा प्रचण्डले भने हार्नु परेको छैन भन्ने विश्लेषण गर्ने गरिन्छ ।
उनकै सक्रियतामा संविधानको घोषणा भयो । उनकै सहयोगमा केपी ओली प्रधानमन्त्री बने । अहिले संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसलाई विश्वासमा लिएर प्रधानमन्त्री बन्न पुगेका छन् । यो अवसरलाई उनले कसरी प्रयोग गर्छन् त्यसले आगामी राजनीतिलाई प्रभावित गरिरहनेछ ।
प्रचण्ड प्रधानमन्त्री बन्ने समय जहिले पनि आ“धिबेहरी जस्तो समय हुने गरेको छ । पहिलो पटक प्रधानमन्त्री बन्दा भर्खरै घोषणा भएको गणतन्त्रलाई संस्थागत गर्ने चुनौति थियो । तत्कालीन अवस्थामा परिवर्तनलाई स्विकार्न नसकिरहेका तत्वहरुका कारण उनको सत्ता अनायास ढलेको थियो । यद्यपी त्यतिबेला प्रचण्ड र उनको दलमा संसदीय राजनीतिको अभ्यास र अनुभवको कमी आदिको कारण पनि उनको सरकार अघि बढ्न सकेन । त्यसको समीक्षा पनि माओवादीले गरिसकेको छ ।
ती अनुभवहरुबाट शिक्षा लिन अहिले पनि आवश्यक छ । आजको परिवेशमा पनि प्रचण्डका अगाडि चुनौतिका ठूला पहाडहरु छन् । सहयात्री दल नेपाली कांग्रेससंग भएको सहमति अनुसार उनले ९ महिना सरकारको नेतृत्व गर्नेछन् । यही बीचमा उनले ओली सरकारले नागरिकलाई बा“डेका सपना, उसले घोषणा गरेका महत्वाकांक्षी योजना , संविधानको कार्यान्वयन जस्ता विषयहरुमा उनले ध्यान दिनु पर्नेछ ।
तराई मधेशमा लामो समयदेखि चलेको आन्दोलन तथा विभिन्न जातीय समुदायका मागहरुलाई पनि व्यवस्थापन गर्न पनि उनले प्रयाप्त कसरत गर्नुपर्नेछ । साथै पार्टीभित्रको सन्तुलन मिलाउने र विभिन्न दवावहरुलाई पनि सामना गर्नुपर्नेछ । जस्तोसुकै परिस्थितिका बाबजुद पनि सरकारले गति लिनु नै पर्नेछ ।
इतिहासले जुराइदिको यो सुनौलो अवसरलाई देश, जनता र पार्टीको पक्षमा प्रयोग गर्नु नै पर्नेछ । यसो हुन सक्यो भने प्रचण्डको नेतृत्वको पनि सार्थकता हुनेछ । मुलुकले संक्रमणको जंघार पनि सजिलै तर्नेछ । तर त्यसको लागि प्रचण्डले भित्र र बाहिरका अप्ठेराहरुलाई सजिलै पार लगाउनुपर्नेछ । छिमकीहरुसंग सन्तुलित सम्बन्ध, ओली सरकारले थालनी गरेका राम्रा र संभव कार्यहरुको निरन्तरता र उसले बिगारेको सम्बन्धलाई पनि ट्रयाकमा ल्याउन सक्नु पर्दछ ।
तेस्रो दल भएर पनि सरकारको नेतृत्व गर्न पाएको अवसरलाई सदुपयोग गर्न सकियो भने मात्र माओवादीप्रति जनताको साथ, सहयोग र विश्वास रहनेछ । त्यसैले अध्यक्ष प्रचण्डलाई स्वविवेकले काम गर्ने वातावरण सम्पूर्ण पार्टी पंक्तिले मिलाउनु पर्दछ । अनावश्यक र असंभव कुराहरुको माग गर्ने परिपाटी अन्त्य हुनु पर्दछ ।
यद्यपी आजका दिनसम्म आइपुग्दा प्रचण्डले पनि धेरै हण्डर र ठक्कर खाइसकेका छन् । विगतमा संयुक्त सरकारको अनुभव पनि गरिरसकेका छन् । लार क्याल लामा जस्ता छद्म व्यक्तिहरुलाई अवसर दिंदा पार्टी र उनैप्रति लागेको आक्षेपबाट यतिबेला प्रचण्ड जानकार नै हुनुपर्दछ ।
यसकारण पनि प्रचण्ड नेतृत्वको सरकारले सत्तामा रहुन्जेल देशको स्वाभिमानमा आ“च आउने काम गर्ने छैन र देशलाई आत्मनिर्भर बनाउन सबै प्रयत्नहरु ग्र्नेछ । अनि मात्र उनको दोस्रो कार्यकाल सफल र ऐतिहासिक बन्ने विश्वास गर्न सकिन्छ ।