२०८३, १७ असार बुधबार

बाढिपिडितलाई सहयोग

सुर्खेत ।
सुर्खेतमा रहेका बाढिपिडितहरुलाई पत्रकार नगेन्द्र उपाध्यायको अगुवाईमा खाद्यान्न वितरण गरिएको छ । शक्रबार सुर्खेतको पञ्चपुरीस्थित तिखाकुनामा रहेका बाढिपिडितलाई खाद्यान्न वितरण गरिएको हो ।
पत्रकार नगेन्द्र उपाध्यायले सामाजिक संजाल फेसकुकमा लेखेका छन, ‘२०७१ सालमा आएको बाढीका कारण सुर्खेतमा सयौंले ज्यान गुमाए र अन्य विस्थापित भए । अहिले पनि १०४५ बाढीपीडित परिवार विभिन्न अस्थायी शिविरमा हुनुहुन्छ । उहाँहरुका लागि सुरु गरिएको खाद्यान्न वितरण कार्यक्रम अन्र्तगत शुक्रबार हामी सबैभन्दा धेरै मानवीय क्षति भएको पञ्चपुरीको तिखाकुना र स्थानमा पुग्यौ । एक सय २० जना परिवारलाई उल्लेखित सामाग्रीहरु हस्तान्तरण गर्यौं ।’

‘चामल ः १२० बोरा ९३० किलो
पिठो ः १२० प्याकेट
तेल ः १२० प्याकेट
नुन ः १२० प्याकेट

योसँगै हामीले एचआईभी संत्रमित परिवारलाई दुई९दुई बोरा चामल, तेल, नुन र पिठो पनि उपलब्ध गरायौ ।

यो राहत उपलब्ध गराउनका लागि धेरैले सहयोग गर्नु भएको छ ।
१) सामाजिक अभियन्ता डा। नवराज केसी र दक्षिण कोरियामा रहनु भएका अभियन्ता लक्ष्मीनारायण बस्नेत रु। १०५०००÷–
२) लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपाल रु१०१०००
३) राजनीतिक व्यक्तित्व, सामाजिक अभियान्ता मुकुन्दश्याम गिरी रु। २५०००
४) तिलक आचार्य ५१००
५) भरत रावल ५१००
६) विशाल ढकाल ५ बोरा चामल
७) रामप्रसाद गौतम ५ बोरा चामल
८) ॐ सिद्दिबिनायक कृषि फर्मले सात क्वीन्टल तरकारी
९) नेपाल बिद्यार्थी संघका सुर्खेत अध्यक्ष गौगम बिसी९ ३०००

‘नोट: डा नवराज केसीले कुइनेमा प्रदेश सरकारले स्थापना गरेको हेल्प डेक्सका लागि चार वटा पिपिई उपलब्ध गराउनु भएको छ ।’

‘आजसम्म हामीले २३३ बाढीपीडित परिवारलाई राहत उपलब्ध गराएका छौं । अझ धेरै बाढीपीढितहरु हुनुहुन्छ । तपाईहरुको साथ, सहयोग र सद्भावको निरन्तर कामना गर्दछु ।’