२०८१, १९ चैत्र बुधबार

मान्छे नचिन्ने सिंहदरवारको गेट

IMG_9436हिजो वेस्सरी पाटीका लागी भन्दै राम वहादुर लडे, कराए, भएभरको न्वारणको वल लगाएर ज्यान फालेर काम गरे । भोक,प्यास,पिडा,थकानको प्रवाह नगरी रामवहादुर काममा लागी रहे । एक दिन रामवहादुर विरामी भए, अनि जिल्ला हुँदै काठमाण्डु हिडेको करिव ७ दिन पछि रामवहादुर काठमाण्डु पुगे ।

उनी पहिलो पटक काठमाण्डु पुगेका थिए त्यो रोगी अनि पिडाले भरिएको भारी शरिर लिएर । वस पार्कमा झरेपछि कोही नचिनेको मान्छे विचमा रामवहादुरले आप्नो विरामी शरिर एक्लै पाए । उनीलाई अव कहाँ जाँने के गर्ने चिन्ताले सताउन थाल्यो ।

चिन्ताको विचमा पाईन्टको खोजीमा राखिएको फोटोकपी पेपरमा केन्द्रमा वस्ने नेता,मन्त्री, अनि सभाषद्को फोन नम्वर लेखेको कागज तान्दै नजिकै रहेको पसलमा पुगेर रामवहादुर फोन लगाउने प्रयास गरे । रामवहादुरले सवैलाई फोन गरे तर कसैले पनि उनको फोन उठाएन्न । एक जना मन्त्रीको पियलाई रामवहादुरले २१ पटक फोन हान्दा वल्ल उठ्यो ।

फोन उठेपछि खुसी हुँदै रामवहादुरले सर नमस्ते म रामवहादुर हो , विरामी भएर काठमाण्डु आएको छु भेट्नु पर्यो यो सिंहदरवार कत्ता तिर पर्दछ रु मन्त्रीको पियले को रामवहादुर कहाँको रामवहादुर हँ म चिन्दिन अहिले वैठकमा छु पछि फोन गर्नुहोला भनेर फोन काटे । विचरा रामवहादुर, विरामी शरिर थकित अनि दुई छाक खाना समेत नखाएको भोको शरिर मन भरी पिडा वोकेर वालाजु वसपार्कवाट टेक्सी खाजी सुनधारा पुग्नुभयो ।

गाउँका साना होटलहरु देखेका रामवहादुर काठमाण्डुका सुनधाराका ठुला ठुला होटल देख्दा अनौठो लाग्छ । उहाँ खानाको जोहो गर्न होटल भित्र छिर्नुभयो अनि होटल साउँले कहाँवाट आउनुभयो वुवा के खोज्नुभयो भन्नुहोस रु रामवहादुरले भने म हुम्लावाट आएको हुँ वावु भोक लागेको थियो खाना भएमा खाँन पाए हुन्थ्यो । होटल साउँले ठिक छ वस्नुहोस कति दिन वस्नुहुन्छ नि , यहाँ ईन्टी गरेर कोठा नं ३०५ मा जानुहोला भनेर आदेश दियो । हुन्छ वावु भन्दै भन्दै रामवहादुर कोठा तिर लाग्छन् ।

करिव आधा घण्टा पछि होटल साउँले खाना वोलाउँछ अनि रामवहादुर दुई दिनको भोको शरिर लिएर भात खाना पुग्छन् । विरामी उनलाई कसले तातो चिसो हेर्नु । खाना खाएपछि थप विरामी भएर कोठा नं ३०५ मा पल्टिए उनी । त्यो दिन त्यतिकै खेर गयो रामवहादुरको । भोली पल्ट विहानै फेरी नेता, मन्त्री सवैलाई फोन गरेर उनी उपचारका लागी सहयोग जुटाउन सिंह दरवार जाँने उद्घोष गरे तर फोन कसैको पनि उठेन ।

सुन्धारामा घुम्दै आएका एक जना नेता संग रामवहादुरको एक्कासी जम्का भेट भयो । भेट पछि नेताले सल्लाह दिए सिंहदरवार गएर मन्त्री ज्यू संग भेट गर्नुहोस त्यहाँ विरामीलाई उपचारका लागी रकम दिने व्यवस्था हुन्छ है भने । त्यसपछि त्यो कुरा सुनेपछि सिंहदरवार खोज्दै रामवहादुर आधा घण्टा वाटो हिडेर सिंहदरवारको गेटमा पुगे ।

सिंहदरवारको गेटमा दर्जनौ मानिसहरुको भिड लागेको थियो भित्र जाँनलाई । रामवहादुर त्यही गेटमा भित्र जाँन खोजे तर प्रहरीले तपाईको पास छैन जाँन पाँउनुहुन्न भनेर रोके । रामवहादुरले पास कहाँ पाउँछ भनेर प्रहरीलाई सोधे रु प्रहरीले भित्र तपाईको चिनेको मान्छे कोही छ भने भन्न लगाउनुहोस अनि भित्र वाट पास टिपाएपछि मात्र पास वन्छ अनि जाँन पाईन्छ ।

विचरा रामवहादुर संग मावाईल थिएन कसरी फोन गर्नु । रामवहादुर ल्याण्ड लाईन फोन खोज्दै ववरमहल पुगे । फेरी उही पुरानै कागज खोजीवाट निकाल्दै रामवहादुर ल्याण्ड लाईन थिच्न थाले । मन्त्रीको पियलाई ३२ पटक फोन हाँनेपछि मात्र फोन उठ्यो । अनि पियले भन्यो को हो तपाई पटक पटक फोन हाँनेर डिस्टप गर्ने हँ ? म रामवहादुर हुँ कामरेड मलाई पास पठाईदिनुपर्यो ।  को रामवहादुर कुन ठाउँ हो घर उसले सोध्यो । रामवहादुरले सवै परिचय दिए । उसले तपाई गेटमा जार्नुहोस पास लिनलाई भनेर ठाडो भाषामा हप्कायो ।

हुन्छ हजुर म गेटमा जान्छु अधुरा आवाजमा थुरथुर काम्दै रामवहादुरले आज्ञापालक वालक जस्तै गरी स्वीकार गरे । पास माग्न जाँदा पास आएको छैन भनेर जवाफ पाएपछि रामवहादुर आधा घण्टा पर्खे । वल्ल आधा घण्टा पछि पास आयो रामवहादुर पास वुझेर गेटमा पग्दा वेलुका ३ वजेको थियो अनि कर्मचारी सुक्रवार भएका कारण आप्नो आप्नो गन्तव्यमा जाँने तयारीमा भएका कारण सिंहदरवार भित्र जाँने योजना तुहियो ।

विरामी मानिस गाउँ हुँदै सहर पहिलो पटक पसेको मानिस अभावको विचमा सिंहदरवारले नचिन्दा भारी मन लिएर होटल तिर फर्के । त्यस पछि रामवहादुर त्यो सिंहदरवार लाई वाई वाई गदै कहिल्यौ नजाँने निर्णय गरे । भोट माग्न आउने नेतालाई ठिक पार्ने उद्घोष गदै रामवहादुर आगो भए ।