२०८३, १७ असार बुधबार

क्वारेन्टाइनमा बस्नेलाई भत्ता !

बासुदेब गिरी/ प्यूठान।
स्वर्गद्धारी नगरपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई दैनिक खर्च उपलब्ध गराउने भएको छ । मंगलबार कार्यपालिकाको आकस्मिक बैठकले प्रतिव्यक्ति प्रतिदिनको दुई सय ५० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
भारत तथा तेस्रो मुलुकबाट आएका ब्यक्तिहरु लाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने ब्यवस्था सरकारले गरेको छ । नगरपालिकाले क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न स्वरुप १४ दिन सम्मको लागि दैनिक दुई सय ५० ले जम्मा ३ हजार ५ सय रुपियाँ उपलब्ध गराउने नगरप्रमुख नेत्र बहादुर रोकायले बताए । अहिले वैदेशिक रोजगारी बाट स्वदेश फर्केकाहरु २१ जनालाई क्वारेन्टाइनमा राखिएको छ बने अन्यलाई आफ्नो घरमै सुरक्षित बस्न भनिएको छ । बिश्वब्यापी फैलिएको कोरोना भाइरस(कोभिट-१९)को महामारीको कारण मुलुक लकडाउन भएको छ । यस्तो अवस्थामा दैनिक ज्यालादारी गर्ने मजदुरहरु काम गर्न नपाउदा उनीहरूलाई भोकै बस्न नपरोस् भनेर मजदुरलाई प्याकेजमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिएका छन् । नगरपालिकाले उनीहरूलाई सरकारको मापदण्डअनुसार प्रत्येक वडाटोलमा लगत तयार गरि राहत वितरण गरिने नगरप्रमुख नेत्र बहादुर रोकायले बताए । उनले भने,’अहिले लगत तयार गर्ने काम वडा मार्फत गरिदैछ’।
कार्यपालिका बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको छ । उक्त कोषमा हाललाई २० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । सौर्य र अनलाइन  बाट