२०८३, १७ असार बुधबार

कोरोनाबाट सर्तकता अपनाउन सुर्खेत काँग्रेसको आग्रह

सुर्खेत, १८ चैत ।
नेपाली काँग्रेस सुर्खेतले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ बाट सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । काँग्रेसले एक विज्ञप्ति जारी गर्दै जोखिम सामना गर्न पाटीको तर्फबाट सम्पूर्ण साथ रहने जनाएको छ ।
काँग्रेसले कोरोना भाइरस रोकथामका लागि प्रदेश तथा स्थानीय तहमा हुनपर्ने कार्य अझै अपुग रहेको भन्दै सरकारको ध्यानआकर्षण गराएको छ । पार्टी सभापती कमलराज रेग्मीद्धारा हस्ताक्षर विज्ञप्तीमा सरकारको एक्लो प्रयासले मात्र यो संकट समाधान हुन सक्ने अवस्था नरहेको भन्दै सबैसँगको सहकार्य र समन्वयमा कोरोना विज्ञप्तिमा भाइरससँग जुध्न प्रभावकारी कदम चाल्न जरुरी रहेको उल्लेख गर्दै यो संटकको अवस्थामा गम्भीर भएर लाग्न सबैलाइ अपिल समेत गरेको छ ।
पाटी सभापती रेग्मीले लगडाउनले प्रभावित हुने मजदुर वर्ग लगायत सबैलाई परेको समस्याका बापजुद पनि यो संकटलाई परास्त गर्न सबै एकजुट हुनुको विकल्प नभएको उल्लेख गरे ।

हेर्नुहोस विज्ञप्ती