२०८३, १७ असार बुधबार

दुइ किलो चरेशसहित सुर्खेतमा एक महिला पक्राउ

सुर्खेत, ११ चैत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक महिलाबाट दुइ किलो ३७२ ग्राम लागु औषध चरेश बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक गोपाल रायमाझीका अनुसार चैत आठ गते विशेष सूचनाका आधारमा सुर्खेत लेकबेशी न.पा. वडा न. १० दुबिचौरबाट एक महिलालाई नियन्त्रणमा लिइएको हो । ‘महिलाको घर खानतलासी गर्दा गोठको भूँई तलामा प्लाष्टिकको थैलोमा लुकाई राखेको लागु औषध चरेश थैलाबाट निकाली तौल गर्दा १ किलो ३४२ मिलिग्राम र सोही गोठको माथिल्लो तलामा प्लाष्टिको ड्रम भित्र कागजमा लपेटी लुकाई छिपाई राखेको डल्लोमा रहेको कागज हटाई तौल गर्दा १ किलो ३० ग्राम गरि जम्मा २ किलो ३७२ ग्राम लागु औषध चरेश बरामद गरी सोही स्थानबाट निज माहिलालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको छ ।’ उनले भने ।