२०८१, १ कार्तिक बिहीबार

कर्णालीको सुरक्षामा गम्भिर लापरवाही, ड्रेसमै भारतीय प्रहरी दैलेख पुगे

कर्णाली प्रदेशको सुरक्षा व्यवस्था एकदम फितलो देखिएको छ । जोसुकै व्यक्ति सहजै कर्णालीमा प्रवेश गरेर जे पनि गर्न सक्ने दैलेखमा भारतीय प्रहरी देखिएको प्रकरणले प्रष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय, दैलेखमा अनुमति विना नेपाल आएका भारतको हरियाणाका चार जना प्रहरी ड्रेससहित मंगलबार प्रवेश गरेका छन् ।

भारतको हरियाणा राज्यमा एक जना व्यक्तिको घरमा काम गर्ने दैलेखको नारायण नगरपालिका वडा नं. १ घर भएका एक व्यक्तिको ठेगाना पत्ता लगाउन भन्दै जिल्ला प्रहरी कार्यालय परिसरमा ड्रेससहित भारतीय प्रहरी देखिएपछि अनुमति विनै उनीहरु दैलेख पुगेको खुलेको हो । भेरीगंगा नगरपालिकाको बबईदेखि ड्रेसमै भारतीय प्रहरी पुगे दैलेख दैलेख सदरमुक ाम ना र ायण नगरपालिका वडा नं. १ पुग्न १२ वटा प्रहरीको चेकपोष्ट पार गर्नुपर्छ । उनीहरु दैलेख पुग्न सुर्खेतको बबई, हर्रे, छिञ्चु, सुब्बाकुना, पिपीराचोक, मंगलगढी चोक, कपासे, छेडा, दैलेखको रातानाब्ग्ला, डुंगेश्वर, चुप्रा, दैलेख बजार चेकपोष्ट पार गर्नुपर्ने हुन्छ । बबईदेखि दैलेख सदरमुक ामसम् म क िरब ११० किलोमिटरभित्र उनीहरु ड्रेससहित भेटिएपछि नेपाल प्रहरीको सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको छ ।

उत्तरी छिमेक ी चिनसँग मात्रै सिमाना जोडिएको कर्णाली प्रदेशमा उनीहरु कहिले आएका हुन् भन्ने जवाफ प्रहरीसँग छैन । उनीहरु ड्रेसमा देखिएपछि मात्रै प्रहरीले भारतीय प्रहरी आएको थाहा पाएको प्रहरीको भनाइ छ । ‘‘उनीहरु बजारको मानसरोवर होटलमा बसेका रहेछन् । ड्रेसमा आएपछि मात्रै हामीले थाहा पाएका हौंँ ।’’ दैलेख प्रहरीका निमित्त प्रमुख इन्सपेक्टर नैनबहादुर साउदले भने, ‘‘दैलेखको एक जनाले भारतमा काम ग िर रह ेक ा े घ रक ा े प िर वा रक ा सदस्यलाई विष खुवाएर २५ लाख जति लिएर भागेको रहेछ । उसको ठेगाना फरक–फरक भएपछि ठेगाना ‘कन्फर्म’ गर्न उनीहरू यहाँ आएका रहेछन् ।’’ साउदका अनुसार प्रहरी नायब निरीक्षक विजय विवेकको कमाण्डमा हवल्दार परविन कुमार र सिपाही भुपेन्द्र सिंहले माफी मागेको प्रहरी निरीक्षक साउदले बताए । ‘‘यहाँ पोशाक लगाएर आउन हुँदैनथ्यो, हामीले किन आएको भनेर सोधेपछि उनीहरूले प्रहरी कार्यालय जाँदा लगाउनुपर्छ होला भन्न े लागेर लगाएको बताए’’, साउदले भने, ‘‘हामीले यसो गर्न मिल्दैन भनेपछि तुरुन्तै माफी मागेका छन् ।’’ भारतको हरियाणा प्रदेशस्थित एक घरमा काम गर्ने कामदार चोरी गरी फरार भएपछि खोजी गर्दै भारतीय प्रहरी दैलेख आइपुगेका उनीहरुले बताएको इन्सपेक्टर साउदको भनाइ थियो ।

यता, प्रदेश प्रहरी कार्यालय, सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सेनाले उनीहरु कहिले आएका हुन् भन्ने जानकारी नभएको बताए । ‘‘उनीहरुले काँकडभिट्टा नाकाबाट नेपाल आएको भनेर भनेका थिए ।

उनीहरु नेपाली गाडी नै प्रयोग गरेर आएका कारण थाहा भएन ।’’ उनले भने, ‘‘गाडी दर्ता प्रणाली नभएका कारण उनीहरु कुन गाडीमा आए, कहिले आएका हुन् भन्ने बारेमा थाहा हुन सकेन ।’’ उनले चेकपोष्टमा आउने हरेक व्यक्तिको अनुहार हेरेर सोध्न नसकिने बताए । ‘‘तराईतिरका न ाग िरक ह ा ेलान् भन्न े ठान े र चेकपोष्टमा त्यति कडाई नभएको होला’’, उनले भने । प्रहरी प्रधान कार्यालयका सूचना अ धिक ा री ए वम् प्रह री न ायव महानिरीक्षक शैलेश थापाले दैलेखमा भारतीय प्रहरी आएको स्वीकार गरे । ‘‘दैलेखमा प्रहरी आएको साँचो हो । उनीहरु अनुमति विनै दैलेख पुगेका हुन् ।’’ उनले भने, ‘‘अहिले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतले छानविन गरिरहेको छ, थप जानकारी पछि आउनेछ ।’’ ‘‘प्रहरीकै भनाइलाई आधार मान्ने हो भने विभिन्न स्वार्थ समूहले कर्णालीमा आतंकवादी गतिविधि पनि गर्ने देखियो ।’’ नारायण नगरपालिका वडा नं. १ का कमल खड्काले भने, ‘‘प्रहरीका दश वटा चेकपोष्टबाट उनीहरु कसरी भित्रिए वा कसको, के मिलेमतो थियो भन्ने कुराको अनुसन्धान हुन आवश्यक छ । प्रहरी प्रशासनले उच्च सतर्कता अपनाउन जरुरी छ ।’’