२०८१, १ कार्तिक बिहीबार

भाडा तिर्ने झञ्झटबाट मुक्ति खोज्दै वीरेन्द्रनगर, दुईवटा वडा कार्यालय बनाइदै


सुर्खेत। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाका अधिक ांश वडा कार्यालयहरू भाडामै चलिरहेको बेला भाडा तिर्ने झञ्झटबाट मुक्ति खोज्दै वीरेन्द्रनगर नगरले आर्थिक वर्ष २०७६÷०७७ मा कम्तीमा दुई वटा वडा कार्यालय निर्माण गरी भाडा तिर्ने समस्याबाट मुक्त हुन दुई वडा कार्यालय निर्माणमा तीब्रता दिएको छ ।

वार्षिक १२ लाखभन्दा बढी रकम वडा कार्यालय भवनको भाडा तिर्दा खर्च हुने गरेको बेला वडा नं. ३ र वडा नं. ५ को वडा कार्यालयका भवनहरु तीब्ररुपमा निर्माण भइरहेका हुन् । वीरेन्द्रनगर नगरपालिकाका सव– इञ्जिनियर राजनकुमार तिवारीले वडा नं. ३ र ५ को वडा कार्यालय निर्माणमा तीब्रता दिएको बताए । उनका अनुसार आगामी असा रसम्म दुवै वडा कार्यालयका भवनहरु निर्माण भइसक्ने छन् । अहिले यी दुवै वडा कार्यालयहरु कोठा भाडामा लिएर सञ्चालनमा रहेका छन् ।

वडा नं. ३ को वडा कार्यालय निर्माणको ठेक्का आशिष कन्स्ट्रक्सनले लिएको छ भने वडा नं. ५ मा ५० प्रतिशत उपभोक्तामार्फत् काम भइरहेको छ । बाँकी कामको केही दिनमा नै नगरपालिकाले टेण्डर आव्हान् गर्ने तयारी गरेको उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले वडा नं. ३ को भवन निर्माणका लागि नगरपालिकाले भ्याटसहित ५९ लाख २५ हजार ३४१ रुपैयाँमा आशिषलाई ठ ेक्क ा दिएक ो बताए । ‘‘वडा कार्यालयमा एक हल, तीन वटा कोठाहरु हुनेछन् ।’’ उनले भने, ‘‘७० लाखमा कन्टिजेन्सी काटेर बचेको आठ लाखबाट वडा कार्यालयमा डिप बोरिङ्ग गर्ने योजना बनाइरहेका छौँ ।’’ उनले वडा नं. ५ मा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आर्थिक वर्ष २०७५÷०७६ मा २० लाखले तलको तला बनाइएको थियो भने यो वर्ष माथिल्लो तला थप्नका लागि नगरपालिकाले ८१ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ,