श्रीमती कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ
कर्ण बिक / रुकुम । आफ्नै ६० वर्षीया श्रीमती दिलमाया पुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रुकुमपुर्व भूमे गाउँपालिका–३ सीमाका७५ वर्षीय नरबहादुर पुनलाई आज प्रहरीले गिरफ्तार गरेको छ ।
आइतबार दिउँसो पुनले मादकपदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उक्त खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरीले पुनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममाअ ाज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी बज्राचार्यले जानकारी दिए । मृतकको पोष्टर्माटम आज जिल्ला अस्पताल रुकुमकोटमा गरिएको छ ।
