भ्रमण वर्षको तयारी पुरा
सुर्खेत ।
मण वर्ष २०२० को उद्घाटनको तयारी तिब्र पारिएको कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले बताएका छन् । आईतबार संचार क्लव सुर्खेतले प्रदेश राजधानी विरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया र्काक्रममा मन्त्री बुढाले जनावरी १ का उद्घाटन गर्न लागीएको भ्रमण वर्ष २०२० को सम्पुर्ण तयारी पुरा भएको बताएका हुन ।
कर्णाली सरकारले २० ओटा आन्तरिक पर्यटकिय गन्तव्य र २० वाह्य पर्यटकिय गन्तव्य गरि ४० ओटा गन्तव्य तोकेको छ । ४० ओटा पर्यटकिय गन्तव्य भन्दा अरु थुप्रै गन्तव्य कर्णाली प्रदेशमा रहेको भन्दै मन्त्री बुढाले सबै पर्यटकिय गन्तव्यको पर्वद्धनमा सरकार लागी परेको बताए ।
कर्णाली प्रदेश सरकारले ४० ओटा भ्रमण गन्तव्यको चिनारि सहितको तस्वीर भ्रमण वर्षको उद्घाटनकै दिन सर्वजनिक गर्ने मन्त्री बुढाको भनाई थियो । अन्तरक्रियामा सरकारले निर्धारण गरेको उत्साहजनक लक्ष्य हासील गर्नका लागी प्रर्यटक भित्र्याउन पर्यटकिय क्षेत्रको विकासले मात्रै नहुने भन्दै त्यसलाई प्रभावित पर्ने अन्य कुरालाई पनि ध्यान दिनुपर्ने वीरेन्द्रनगर नगरपालिका का प्रमुुख देवकुमार सुवेदील बताए ।
वीरेन्द्रनगर क्षेत्र भित्रका पर्यटकिय तथा धार्मीक क्षेत्रको पुर्ननिमार्ण र विकासका लागी नगरपालिकाले विभिन्न कार्यगरि रहेको उनको भनाई छ । अन्तरक्रियामा आफ्नो भनाई राख्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख पुर्णचन्द्र जोशीले शान्ती सुरक्षाका हिसावले कर्णाली प्रदेश सुरक्षित रहेको बताए । होटल व्यावसायिले सुरक्षाका दृष्टिकोण सुरक्षित महसुस गर्न आवश्यक सि.सि क्यामरा लगाएतको संरचनाहरु ग्यारेण्टी गर्न सकेको खण्डमा निश्चित क्षेत्रमा होटलहरुको खुल्ने समयलाई लम्व्याउन सकिने बताए । बसाईका कारण कर्णाली प्रदेशमा आउने पर्यटकहरुले दुख पाउनु पर्ने अवश्था नरहेको भन्दै होटल व्यावसायि संघ सुर्खेतका अध्यक्ष गोरख रावतले भर्खर सम्पन्न होटल व्यावसायिको राष्ट्रिय महाधिबेसनले धुम्न आउने पर्यटकको दृष्टिकोण बदलीदिएको उनको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा थुप्रै पर्यटन क्षेत्रहरु भएकाले पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने बलियो सम्भावना रहेको पर्यटन व्यावसायि चिन्तामणि कंडेलले बताए । भ्रमण वर्षको उद्घाटन हुन २ दिन मात्रै बकि भएको बेला त्यसका तयारीका बारे गरिएको छलफलमा सुर्खेतको प्रसिद्ध पर्यटकिय स्थल बुलबुलेमा गरिने उद्घाटन कार्यक्रममा कर्णाली बासिलाई सक्रियरुपमा सहभागीता जनाईदिन पर्यटन मन्त्री नन्दसिंह बुढाले आग्रह गरे ।
