२०८२, ३० जेष्ठ शुक्रबार

विद्यार्थीको समस्या बुझ्न उपमेयर ढकाल कक्षाकोठामा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जनसेवा मावि, घुस्रा पुगेर विद्यालय र विद्यार्थीका समस्या बुझ्नु भएको छ ।

वीरेन्द्रनगर–१० मा रहेको जनसेवा मा.वि. घुस्रामा बुधबार ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर गएकी हुन् । जनप्रतिधि तथा स्थानीय सरकारका बारेमा जानकारी गराउन ‘कक्षाकोठामा उपमेयर’ कार्यक्रम सुरूवात गरेको उपप्रमुख ढकालको भनाइ छ ।

जनप्रतिनिधि र सरकार भनेपछि फरक खालको बुझाई अहिले पनि अभिभावक विद्यार्थीमा रहेको भन्दै उनले यस्तो खालको बुझाईलाई हटाउन आफू स्वयम् कक्षाकोठामा पुगेको बताइन् । उक्त कार्यक्रमले शिक्षा क्षेत्रको योजना तर्जूमा लगायतका विषयमा सहज हुने विश्वास व्यक्त गरिन् ।