२०८२, ३० जेष्ठ शुक्रबार

कचहरी गर्दै कालिकोटका युवा

सुर्खेत । अध्ययन तथा अन्य शिलशिलामा कालिकोटका युवा सुर्खेत जम्मा भई कालिकोट सुर्खेत सेवा समाज नामक समाजकाे गठन गरि विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसैक्रम अन्तरगर्त शनिबार सेवा समाजले युवा कचहरी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकिय सचिब खेम बहादुर सिहँको प्रमुख आथियता र कृष्णराज धमला विशेष अथिति थिए । प्रमुख अथिती शाहीले कालिकोट सुर्खेत सेवा समाजले गरेको कार्य देखि आफु खुसि भएको बताए कालिकोट सुर्खेत सेवा समाजले आयोजना गर्ने हरेक अभियानमा आफुले सहयोग गर्ने बताए ।
उनले समाजले अझै राम्रो अभियानहरू सञ्चालन गरे सहयोग गर्ने बचन प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा खगेन्द्र भट्टराई , असोक सिहँ , दयाराम सिम्खडा विधार्थी नेता जनक धमला सहित करिब ३० जना बढि युवाहरूको उपस्थिति रहेको थियो ।

“जोगाउनु छ कर्णालीको संस्कृति सभ्यता कालिकोटका तन्नेरीहरूको संयुक्त एकता” भन्ने मुला नारा लिएर सेवा समाज अधि बढेको समाजका अध्यक्ष लोकेस पोखरेलले बताए।