उच्च अदालतमा वर्षेनी मुद्दाका चाप बढ्दैः सबैभन्दा बढी जबरजस्तीकरणीका मुद्दा
सुर्खेत । उच्च अदालतमा वर्षेनी मुद्दाको चाप बढ्दै गएको पाइएको छ । अदालतमा दर्ता भएका मुद्दाको तुलनात्मक विवरण अनुसार अदालतमा वर्षेनी मुद्दाको चाप बढेको पाइएको हो । तीन वर्षको मुद्दाको तथ्याब्कमा सबैभन्दा बढी चालु आर्थिक वर्षमा बढेको पाइएको छ । आर्थिक वर्षको मंसिर मसान्त सम्ममा अदालतमा मुद्दाको संख्खा बढेर ५ सय ७७ पुगेको छ, जसमा ४ सय ८९ वटा मुद्दा फछ्र्याैट भएका छन् भने ८८ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उच्च अदालत, सुर्खेतले जनाएको छ ।
उच्च अदालत, सुर्ख ेतक ा े तुलनात्मक विवरण अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा ४ सय ८५ वटा मुद्दा दर्ता भएकोमा ३ सय ८८ वटा फछ्र्यौट भएका छन् भने ९७ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी छन् । यस्तै, ०७४÷०७५ मा ४४२ मुद्दा दर्ता भएकोमा ३७८ वटा मुद्दा फछ्र्यौट भएका छन् भने ६४ वटा मुद्दा बाँकी रहेको अदालतको तथ्याब्कमा उल्लेख छ । अदालतमा दर्ता भएका मुद्दाको तथ्याब्कअनुसार सबै भन्दा बढी जबरजस्तीकरणीका मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा मात्रै ५९ वटा जबरजस्तीकरणीका मुद्दा भएको तथ्याब्कमा जनाइएको छ ।
जसमध्ये २० वटा मुद्दा फछ्र्यौट भएका छन् भने ३९ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको जनाइएको छ । वीरेन्द्रनगरमा पत्रकारहरूसँगको अन्तरक्रियामा उच्च अदालत, सुर्खेतका मुख्य न्यायधीश कुमार चुडालले गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा मुद्दाको संख्या बढ्दो अवस्थामा रहेको बताए । तिमध्ये सबैभन्दा बढी जबरजस्तीकरणीका मुद्दा दर्ता भएको उनँको भनाइ छ । यस्तै प्रदेशमा बहुविवाहका मुद्दामा पनि बृद्धि भएको पाइएको छ । प्रदेशमा चालु आर्थिक वर्षको हालसम्ममा ३६ वटा बहुविवाहका मुद्दा दर्ता भएको उच्च अदालतको कार्यालयल, सुर्खेतले जनाएको छ । जसमा १२ वटा फछ्र्यौट भएका छन् भने २४ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको तथ्याब्कले जनाएको छ । यस्तै, ३१ वटा मुद्दा कर्तव्य ज्यानमा दर्ता भएका छन् ।
जसमा १० वटा फछ्र्यौट भएका छन् भने २१ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको अदालतका मुख्य न्यायधीश चुडालले बताए । यस्तै, चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याब्क अनुसार ३ सय ३० वटा मुद्दा उच्च अदालत, सुर्खेतमा दर्ता भएका छन् । जसमध्ये ८८ वटा मुद्दा गत आर्थिक वर्षका रहेका छन् भने २ सय ४२ वटा मुद्दा चालु आर्थिक वर्षका रहेका छन् । गत आर्थिक वर्षका ८८ वटा मुद्दामध्ये ६४ वटा मुद्दा फछ्र्यौट भएका छन् भने २४ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेका छन् । यस्तै, चालु आर्थिक वर्षको २ सय ४२ मुद्दा दर्ता भएकोमा ७५ वटा मुद्दा फछ्र्यौट भएका छन् भने १ सय ६७ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको उच्च उदालतको तथ्याब्कमा जनाइएको छ ।