२०८१, २७ चैत्र बिहीबार

प्रदेश सरकारप्रति स्थानीय तहका गुनासा: ‘मागभन्दा कार्यकर्तामखी बजेट पठाइयो

सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश तथा संघीय सरकारबाट स्थानीय तहका मागभन्दा कार्यकर्तामुखी बजेट पठाउने गरिएको गुनासो गरेका छन् । नेपाल नगरपालिका संघ कर्णाली प्रदेशले आया ेजना गर ेका े एक कार्यक्रममा उनीहरुले कार्यकर्तामुखी बजेटले राम्रो प्रतिफल दिन नसकेको बताएका हुन् । ‘‘योजना गुपचुपमा दिने, कति रकमको योजना दिइएको हो थाहा हुँदैन, काम सम्पन्न भएपछि अनुगमन गर्दिनुस् भन्ने गरिन्छ ।’’ दैलेखको डुब्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले गुनासो गरिन् । सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रकुमार थापाले प्रदेश सरकारले योजना दिँदा कुन मापदण्डमा दिएको हो, कति दिएको हो, स्थानीय सरकारलाई जानकारी नै नहुने बताउँदै समन्वय नै नगरी योजना बाडफाँड गरिएको बताए ।

यसले गर्दा विकासको प्रभाव नदेखिएको बताउँदै प्रमुख थापाले स्थानीय सरकारले काम गर्दा पनि त्यसको असर आम नागरिकसम्म नपरेको हुँदा यसको मुख्य कारण समन्वयको अभाव भएको बताए । मुलुक संघीय संरचनामा गएपछि तीन वटै सरकारबीच समन्वय नभएको भन्ने बहस चलिरहेको छ । नगरपालिका महासंघ कर्णाली प्रदेशले संघ, प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिक ारक ा सूचिबा र े गर ेका े अन्तरक्रियामा सहभागी स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कार्यक्रमको विषयवस्तुभन्दा फरक ढब्गले प्रदेश सरकारप्रति आक्रोश व्यक्त गरे । कतिपय जनप्रतिनिधिहरुले त प्रदेश सरकारले गुपचुपरुपमा कार्यकर्तालाई योजना बाँड्ने गरेको आरोपसमेत लगाए ।

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले प्रदेश सरकारले ‘ल यो योजना छ है’ भनेर कार्यकर्तालाई खबर गर्ने परिपाटी बढिरहेको बताए । कृषि क्षेत्र विशेषलाई विषयवस्तु बनाइएक ा े सम्वाद क ार्यक्रममा जनप्रतिनिधिहरुले भन े प्रदेश सरकारमाथि गुनासै गुनासाका चाब लगाएका हुन । म ् ञ्चमा आसिन कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही भने गम्भिर देखिएका थिए । प्रदेश सरकार मात्रै नभई संघीय सरकारबाट प्रतिनिधित्व गर्ने सांसद राजबहादुर बुढालाई लक्षित गरी कतिपय प्रश्न तेर्सिएका थिए ।