काँक्रेविहारमा सवारी आतंकः पैदल हिँड्न डराउँछन् आन्तरिक पर्यटक
सुर्खेत । सुर्खेतको सबैभन्दा चर्चित पर्यटकीय स्थल हो काँक्रेविहार । यसलाई दोश्रो लुम्बिनीको रुपमा पनि चित्रित गरिन्छ । काँक्रेविहार क्षेत्रमा प्राचिन मन्दिर निर्माण सम्पन्न भएको छ । घना जंगलको बीचमा रहेको काँक्रेविहारको अवलोकन गर्न आउनेहरुको संख्या दिनानुदिन बढिरहेको छ । मिडियामा भइरहेको निरन्तरको प्रचार–प्रसारले काँक्रेविहारका संरचना पूर्णरुपमा पूरा नहुँदै पर्यटकको घुइँचो लाग्न थालेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखि झण्डै चार किलोमिटरको दूरीमा रहेको उक्त पर्यटकीय क्षेत्रमा अहिले सवारी गाडीको लाम लाग्न थालेको छ । मुश्किलले साढे तीन मिटर कालोपत्रे सडक रहेको काँक्रेविहार क्षेत्र पर्यटकका लागि असुरक्षित बन्दै गइरहेको छ । वीरेन्द्रनगर ६ का मनोज शाही लगायतको टोली शनिबार काँक्रेविहार क्षेत्रमा पैदल नै हिँडेर जाने गरी गयो ।
उनीहरु पैदल हि ँडिर ह ँदा मोटरसाइकलको चर्को आवाज, अटो रिक्साको तीब्र गति र ठूला बसहरुक आवतजावतले पैदलभन्दा अटोमै जानुपर्छ जस्तो उनीहरुलाई महसुस भयो । ‘‘सडकमा हिँड्दा कतै गाडीले ठक्कर दिइहाल्छ की भन्ने डर मनभरी रहिरह्यो ।’’ उनी भन्छन्, ‘‘कम्तिमा दुई किलोमिटर वन क्षेत्रमा गाडी नचलाउन दिएको भए शान्तसँग हिँड्न पाइन्थ्यो तर त्यहाँ परिस्थिति नै उल्टो रहेछ ।’’ उनले काँक्रेबिहारबाट फर्किँदा भने अटोमै आएको बताए । ‘‘पैदल यात्रा गर्ने चाहना हुँदाहुँदै पनि एकातिर साँघुरो सडक, अर्कोतिर तीब्र गतिमा हुइँकिने सवारी साधनका सामु पैदल हिँड्ने चाहना पूरा गर्न सकेन ।’’ उनी भन्छन्, ‘‘प्रति व्यक्ति पचास रुपैयाँतिरेर हामी मंगलगढी चोक आयौँ ।’’
स्थानीय सरकारले गाडी काँक्रेविहार क्षेत्रमा प्रवेश गर्न नदिने व्यवस्था मिलाउनुपर्ने माग गरे । ‘‘अहिले स्थानीय तहले मौलिक सामग्रीको प्रयोग गरेर भएपनि काँक्रेविहार क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गरिरहेको छ ।’’ उनी भन्छन्, ‘‘काँक्रेविहार क्षेत्रलाई पैदल हिँड्ने, जंगलको आनन्द लिने स्थानका रुपमा प्रदेश तथा स्थानीय सरकारले व्यवस्था मिलाओस् ।’’ क ा ँत्र m ेविहा र क्ष ेत्रमा अ हिले मा ेट रसाइकल लगे प्रति मा ेट रसाइकलक ा े १० रुपै या ँ, अटोरिक्साको २० रुपैयाँ शुल्क लिने गरिएको छ । काँक्रेबिहार क्षेत्रभित्र प्रवेश गर्ने प्रत्येक आन्तरिक पर्यटकले प्रति व्यक्ति दश रुपैयाँ तिरिरहेका छन् । ‘‘दुई किलोमिटर क्षेत्रमा एक पनि पसल छैनन् । जंगल मात्रै छ ।’’ आन्तरिक पर्यटक हृदय रिमाल भन्छन्, ‘‘कर्णालीको मौलिक संस्कृति झल्कने खालका तस्विर एवम् खानेकुराको पसल सञ्चालन गर्ने व्यवस्था भएको भए सुनमा सुगन्ध हुने थियो ।’’ स्थानीय सरकारले पर्यटकीय क्षेत्रसम्मै गाडी सञ्चालन गर्न दिने व्यवस्थाको अन्त्य गर्नुपर्ने उनको सुझाव थियो । ‘‘पर्यटकीय क्षेत्रमा पैदल हिँड्ने व्यवस् था राज्यल े गर्नुपर्छ । काँक्रेविहारसम्मै गाडी लिन र लैजान दिँइदा अन्य लाभ हुने मैले देखेन ।’’ इन्जिनियर पदमबहादुर थापा भन्छन्, ‘‘मौलिक कला र संस्कृति झल्कने खालका पदमार्ग बनाउन सकेको खण्डमा सडक सुरक्षा हुने र त्यसले आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने थियो ।’’ उनका अनुसार काँक्रेविहार गेटभन्दा माथि कुनै पनि सवारी चल्न दिन हुँदैन । ‘‘कम्तिमा दुई किलोमिटर मात्रै भएपनि पर्यटकले हिँड्न पाएको खण्डमा त्यसको मजा बेग्लै हुन्थ्यो । तर यहाँ आउने अधिकांश पर्यटक गाडी ल्याउने र एक फन्को काँक्रेविहार घुम्ने, सेल्फि खिच्ने अनि फर्कने गरेका छन् ।
यसले यहाँको आर्थिक रुपान्तरणमा खासै टेवा नपुगेको मेरो बुझाई छ ।’’ उनी थप्छन्, ‘‘सवारी चल्न बन्द गराएर काँक्रेविहार क्षेत्रमा ढुङ्गाको पैदल मार्ग बनाए यहाँको स्थानीयता झल्कने मेरो बुझाई हो ।’’ यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले अहिले तत्कालको लागि सवारी साधनको प्रवेश निषेध गर्न नसकिने बताउँछन् । ‘‘अहिले त्यहाँ संरचना निर्माण भइरहेका छन् । पूर्णरुपमा काँक्रेविहार क्षेत्रको संरचना निर्माण भइनसकेको अवस्था छ ।’’ मेयर सुवेदीले भने, ‘‘संरचना निर्माण पूरा भइसकेपछि उक्त क्षेत्रमा सवारी साधन निषेध गर्न सकिएला तर अहिले नै भने त्यस्तो केही घोषणा गर्न सकिने अवस्था छैन ।’’ उनले साँघुरो सडकमा तीब्र गतिमा सवारी साधन हाँकिरहेको स्वीकार गरे । ‘‘बाटो साँघुरो छ । सडकमा यात्रा गर्न असुरक्षित बन्दै गइरहेको मैले पनि महसुस गरेको छु ।’’ उनले भने, ‘‘सबै संरचना निर्माण भइसकेपछि हामी त्यहाँ सवारी साधन प्रवेशमा रोक लगाउने तथा पैदल यात्रालाई झन सहज बनाउन सक्छौँ ।’’
