२२ नक्कली प्रहरी परिक्षार्थी पक्राउ
सुर्खेत ।
सुर्खेतमा शनिबार प्रहरी जवान पदका लागि लोकसेवा आयोगले लिएको परिक्षामा २२ जना नक्कली परिक्षर्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तका अनुसार वीरेन्द्रनगरका इगरब्रिज सेकेण्डरी स्कुल, सुर्खेत शिक्षा क्याम्पस र श्री कृष्ण संस्कृत माध्यमिक विद्यालयबाट ती नक्कली परिक्षार्थी पक्राउ परेका हुन । ‘हामीले तीनै परिक्षा केन्द्रबाट २२ जनालाई नक्कली परिक्षार्थीका रुपमा पक्रा गरेर अनुसन्धान गरिरहेका छौं ।’ उनले भने, ‘ती मध्ये कोही पैसा लिएर वा कोही आफन्तको परिक्षा दिन आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अन्य थप अनुसन्धानका लागि हामीले हिरासतमा राखेका छौं ।’ प्रहरी जवान पदका लागि आयोगले लिएको परिक्षामा सुर्खेतलगायत अन्य जिल्लाका परिक्षार्थी गरी करिब ३३ सयले शनिबार परिक्षा दिएका हुन ।
