२०८१, १ कार्तिक बिहीबार

सामाजिक सञ्जालदेखी सडकसम्म भारतविरुद्ध कर्णालीः भन्छन्,नेपालले आफनो नक्सा जारी गरोस्

सुर्खेत । एक साताअघि छिमेकी मुलुक भारतले सार्वजानिक गरेको नयाँ राजनितिक नक्सामा नेपालका केही भुमी समेटिएको भन्दै देशभर विरोध भइरहेको छ । भारतले स्वसासित क्षेत्र कस्मिरलाई केन्द्र प्रशासित बनाउने निर्णय गरेको थियो । सोही निर्णयसंगै भारतले आफ्नो नयाँ राजनितिक नक्सा एक साताअघि सार्वजानिक गरेको थियो । सार्वजानिक गरिएको नक्सामा नेपालका भनिएका कालापानी, लिम्पियाधुरा लगाएतका क्षेत्र भारतकै भनेर समेटिएको भन्दै व्यापक विरोध भएको हो । नेपाल सरकारका परराष्ट्र मन्त्रालयले भने आफ्नो आधिकारीक धारणा सार्वजानिक गरेको छ ।जसमा एकलौटी निर्णय नेपाललाई मान्य नहुने बताइएको छ ।
कतिपयले सरकारले नामसमेत नलेख ेका े विज्ञप्ती सार्वजानिक गर्नुवाहेक सरकारले केही गर्न नसकेको आरोप लगाउँदै आएका छन् । नेपाल विद्यार्थि संगठन, अनेरास्ववीयु लगाएतका विद्यार्थि संगठने देशभर विरोध गरिरहेका वेला भारतसंग सिमाना नजोडिएका कर्णाली प्रदेशमा पनि व्यापक विरा ेध भईरहेका े छ । कर्णालीका स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताहरु, सर्वसाधारण, कर्मचारी, व्यापारी सबै यतिबेला सामाजिक संजालदेखी चिया गफसम्म भारतको चर्काे विरोध गरिरहेका छन् । भारतसंग सिमाना नजोडिएको प्रदेश सात प्रदेशमध्ये कर्णाली प्रदेशमात्रै हुन् । यतिबेला सामाजिक संजाल फेसबुक, ट्वििटर लगाएतमा कर्णालीका नागरिकहरुले भारतले नेपाली भुमीलाई आफनो नक्सामा राख्न ुलाई विरा ेधस ंगै वि भिन्न टिकाटिप्पणी गरिरहेका छन् ।

कतिपयले सामाजिक संजालमार्फत न ेपाल सरकारले पनि नयाँ नक्सा सार्वजानिक गर्नुपर्न े बताउँदै आएक ा छन् । सामाजिक संजालमा ह्याज ट्याग गो व्याक इन्डिया र ब्याक अफ इन्डिया पनि सबैको सामाजिक संजालको वालमा देख्न सकिन्छ । कतिपयले त भारतका प्रधानमन्त्री लाई क ालापानी , लिमपीय ाधुरा लगाएतका क्षेत्र नेपालकै हुन भनेर लबचभलमचबmयमष्ज्ञद्दघद्ध२नmबष्।िअयm नामको जिमेल ठेगानामा पनि पठाएको बताए ।
कर्णाली प्रदेशमम घर भई हाल बैदेशिक ेजगारीको लागि विदेशमा रहेको नपाली युवायुवतिहरुले पनि भारतको मनप रीक ा े िबर ा ेध स ा मा जिक संजालमार्फत नै गरिरहेका छन् । यसर्थ कर्णालीमा यतिबेला भारतको विरोधमा सडक भन्दा बढि सामाजिक संजाल तातिएको छ । क र्णालीमा यतिबेला विभिन्न माध्यमबाट सबैले विरोध गरिरहेका छन् ।
भारत पछि हट्नुपर्ने भन्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध र्याली गरिरहेका छन् । सत्तारुढ दल नेकपाका भातृ संगठन अनेरास्ववियुले पनि विरोध गरिरहेको छ । कर्णालीका सबै जिल्लामा बिरोध भइरहेको छ । कतिपयले मधेसी दलका नेताहरुले यो विषयमा मुख नखोल्नुले उनिहरुमाथि थप संका पैदा भएको बताउँदै सामाजिक संजाल तताइरहेका छन् ।
अनेरास्वुवियु सुर्खेतका नेता गगनसिंह ठकुरीले भारतको हेपा प्रवृतीविरुद्ध सबै लाग्नुपर्ने बताए । त्यस्तै नेपाल विद्यार्थी संघ सुर्खेतका नेता मोहन रानाले भारत सरकारले नेपाललाई हेप्न नहुने बताए । नेकपा विरेन्द्रनगरका अध्यक्ष गंगाराम तिमिल्सेनाले यो भारत सरकारको नयाँ नक्सा नेपाललाई मान्य नहुने बताए ।