२०८१, १ कार्तिक बिहीबार

खाल्डा खुल्डी सडकको धुलोले सास्तीः छेउछाउमै सवारी गुड्छन

सुर्खेत। धेरै पहिलेदेखी चर्चामा रहेका वीरेन्द्रनगरका विभिन्न स्थानका खाल्डा खुल्डीयुक्त सडकको अवस्था सुधार भएको छैन । कर्णाली प्रदेशसभाका अधिकांश सांसद, मन्त्रीहरु हिँड्ने सडकहरुसमेत खाल्डाखुल्डीकै अवस्थामा हुँदा नागरिकहरुमा निराशा छाएको छ ।

कर्णाली प्रदेशसभामा जाने सडक पनि खाल्डा खुल्डीमुक्त छैन । कर्णाली प्रदेशको राजधानी भएसंगै वीरेनद्रनगरमा सवारीको चाप दैनिक बढिरहेको छ । त्योसंगै जागिर, पढाई र अन्य कामको सिलसिलामा वीरेन्द्रनगर आउने दैनिक दढिरहेका छन् । भने कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश राजधानी विरेन्द्रनगर बसाई सर्ने पनि उत्तिकै छन् । विरेन्द्रनगरमा जनघनत्व एकदमै बढ्दो छ । पानी पर्न रोकिएसंगै वीरेन्द्रनगरका अधिकांश कच्ची र खाल्डा खुल्डी परेका सडकमा धुलो उड्न थालेको छ । यसले आम सर्वसाधारणको स्वास्थ्यमा असर पर्ने स्पष्ट छ । यसअगाडी वर्षतको समयमा खाल्डा खुल्डीका सडक हिलाम्मे थिए ।

खास कुरा त के छ भने यहाँका मन्त्रालय र सरकारी कार्यालय जान सडक नै धुलाम्मे छन् । अर्थात खाल्डाखुल्डी छन् । दैनिक सबैभन्दा धेरै आवतजावत हुने सडकहरुको यस्तो दुर्दशा हुँदा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका दर्शक जस्तै बनिरहेको स्थानियले पटकपटक आरोप लगाउँने गर्छन् । तर पनि ति सडकको हालत त्यस्तै छ । ३ वर्ष अघि दैलेखबाट सुर्खेत आएका खड्कराज थापाले आफु सुर्खेत आउँदा जस्ता थिए त्योभन्दा खाल्डाखुल्डी सडक सुधार नभएको दावी गरे । सडकका खाल्डाखुल्डीले सवारी चालकलाई पनि उस्तै सास्ती भएको उनिहरुको गुनासो छ । दैनिकजसो ध ेर ै य ात्र ु आ वतज ावत गर्न े हटियालाइन देखि क्याम्परोड सम्मको सडकको खालडाखुल्डीले विशेषगरी मोटरसाइकल चालकलाई धेरै सास्ती हुने गुनासो छ । भने पैदल यात्रीले झनै सास्ती व्यहोर्नुपरेको गुनासो गर्छन् । धुलोको कारणा मुख छोपेर हिँड्नुपर्ने वाध्यता रहेको सुर्खेत क्याम्पस शिक्षमा अध्ययनरत एक विद्यार्थिले बताए । त्यस्तै घण्टाघर पार्क अगाडीदेखी नगरपालिकाको कार्यालय अगाडी हुँदै जाने सडकको अवस्ता झनै विजोग छ ।

सडकमा रहेका अत्याधीक खाल्डाखुल्डीका कारणले सवारीसाधन छेउछाउबाट गुडाउन थालेका छन् । जसको मार पैदलयात्रुहरुमा परेको छ । भने धुलोको समस्या पनि उस्तै छ । नगर प्रमुख आफ्नो कार्यालयमा जाने बाटो पनि त्यही नै पर्छ । प्रदेशका मन्त्रालय र सरकारी कार्यालय अगाडी र त्यहाँ जाने सडक पनि अवस्था उस्तै छ । धुलाको कारण मर्निङ वाक गर्नेहरु पनि अनुहार छोपेर हिँड्नुपरेको गुनासो गर्दै आएका छन् । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदिका अनुसार खाल्डाखुल्डी रहेका प्राय सडक कालोपत्रे गर्नका लागि टेन्डर भईसकेका छन् । आगामी असार मसान्तसम्म काम सकिसक्नुपर्ने गरी कालोपत्रे गर्न टेन्डर भएको नगरप्रमुख सुवेदीले दावी गरे