२०८१, ६ मंसिर बिहीबार

जुन देशले आफ्नो देशको यूवाहरुलाई काम दिन सक्दैन, त्यो देश कहिल्यै बन्दैन ः बस्नेत

yagya khatriवि.सं.२०६६ मा सुरु गरिएको भए तापनि वि.सं.२०७२ मा पारित भएको राष्ट्रिय यूवा नीतिअन्तर्गत सरकारले यूवा स्वरोजगारका लागि राष्ट्रिय यूवा परिषद् गठन गरेको छ । हाल देशका ६० ओटा जिल्लाहरुमा शाखा विस्तार गरी कामको थालनी गरिएको छ । सुहामीलाई र्खेतमा पनि टेकेन्द्र बस्नेतको अध्यक्षतामा यसको शाखा विस्तार भएको छ ।

यसै सन्दर्भमा सम्वाद गर्ने क्रममा बस्नेत भन्छन्, ‘तपाई थाहा छ, जुन देशले आफ्नो देशको यूवाहरुलाई काम दिन सक्दैन, त्यो देश कहिल्यै बन्दैन । जति पनि अन्य देशहरु विकसित भएका छन्, उन्नतिको शिखर चढेका छन्, तिनीहरुले आफ्नो देशको ऊर्जावान यूवा शक्तिलाई आफ्नै देशमा काम दिएका छन् । जस्ले आफ्नो देशका यूवालाई काम दिन्छ, त्यो राष्ट्र सम्बृद्ध बनेको छ ।’ यूवा र सम्बृद्धिस“ग केन्द्रित भएर ईनयाँनेपालका लागी  लागि यज्ञ खत्रीले गरेको सम्वादको सम्पादित अंश ः

 यूवा परिषद् भनेको के हो ?

======यूवा परिषद् भनेको नेपाल सरकारले वि.सं. २०६६ मा सुरु गरेको र वि.सं.२०७२ मा पारित भएको राष्ट्रिय यूवा नीतिअन्तर्गत यूवाहरुको क्षेत्रमा, यूवाहरुको समस्याहरु, यूवाहरुलाई एउटा नयाँ उद्यममा लगाउनको लागि, यूवाहरुलाई स्वरोजगार बनाउनको लागि, रचनात्मक र सृजनात्मक कामहरुमा केन्द्रित गर्नको निम्ति यूवाहरुको क्षेत्रमा काम गर्न सरकारले गठन गरेको यूवा क्षेत्रको नयाँ संरचना हो । यो भन्दा अगाडि यो थिएन, पहिलोपटक सरकारले गठन गरेको छ । हाल देशका विभिन्न ६० वटा जिल्लाहरुमा यसका शाखा विस्तार भएका छन् ।

 यूवा परिषद्ले सुर्खेतमा के काम गर्छ ?

====== यूवा परिषद् गठन र राष्ट्रिय यूवा नीतिको ऐनमै यूवा क्षेत्रका कामहरुको बारेमा व्याख्या गरिएको छ । सुर्खेतको सन्दर्भमा हामी भर्खरै आएका छौँ । अब हामी सुर्खेत जिल्लामा क्रियाशील विभिन्न क्षेत्रमा काम गर्ने, राजनीतिक पार्टीका जनवर्गीय संगठनहरु, यूवा क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरु र यूवा लक्षित कार्यक्रम चलाईरहेका सरकारी निकायहरुसँग समन्वय गरेर, सहकार्य गरेर सुर्खेतमा यूवाहरुलाई यस्को उद्गम थलोका रुपमा र स्वरोजगारको काममा लाग्नको निम्ति, एउटा सृजनशील काम गर्नको निम्ति प्रेरित गर्ने, लागूऔषध दुव्र्यसनीमा फसेका यूवाहरुलाई पुनस्र्थापित गर्ने, त्यस गलत मार्गबाट सही मार्गमा ल्याउन प्रेरित गर्नका लागि त्यस्ता जागरणमूलक कार्यक्रमहरु चलाउने, आमरुपमा यूवाहरुको बेरोजगारी समस्या छ, त्यसबाट मुक्त गर्न र वैदेशिक रोजगारतर्फ आकर्षितभन्दा यूवाहरुलाई आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने एउटा जागरण, प्रेरणा दिने काममा सुर्खेतको यूवा परिषद्ले गर्नेछ ।

 यूवा परिषद्को अध्यक्षको हैसियतले तपाईको कार्यकालमा के–के गर्ने योजना छ ?

===== यूवा लक्षित विशेष कार्यक्रमअन्तर्गत, स्व–उद्यममा लाग्न चाहने यूवाहरुलाई प्रोत्साहन, हौसला प्रदान गर्नको निम्ति अहिले यूवा परिषद्ले देशव्यापीरुपमा नै २ सय ४० ओटा निर्वाचन क्षेत्रमा यूवाहरुलाई कृषि क्षेत्रमा स्वरोजगार र उद्यमशीलतर्फ प्रेरित गर्नका निम्ति २ सय ४० ओटा निर्वाचन क्षेत्रमा एउटा वडालाई नमूना वडा मानेर यूवाहरुलाई कृषि, उद्यममा प्रेरित गर्नका निम्ति कृषिअन्तरगत फलफूल खेती, तरकारी खेती, पशुपालन, बाख्रापालन, कुनै पनि स्वरोजगारका निम्ति काम गर्ने १० जना यूवाहरुको एउटा समूह बनाएर एउटा वडामा नमूना कृषि उत्पादनमा लाग्ने समूह निर्माण गर्छाँै ।

पहिलो चरणमा त्यो समूहलाई ५ लाख ऋण दिने व्यवस्था यूवा परिषद्ले अगाडि सारेको छ । अहिले प्रदेश स्तरको कुरा भईरा’छ । धेरै कार्यविधिहरु सरकारले अगाडि बढाउँदै छ । अर्थ मन्त्रालय र यूवा मन्त्रालयबाट कार्यविधिहरु अगाडि बढिरहेका छन् । हामी सुर्खेतमा ६ नम्बर प्रदेशकै नमूना र यूवा उद्म कार्यक्रमहरु अगाडि बढाउन चाहन्छौँ । त्यसका निम्ति कार्यविधि अगाडि बढिरहेको छ । प्रदेश नम्बर ६ अन्र्तगत यहाँका यूवाहरु मिलेर एउटा मेघा प्रोजेक्ट चलाउन सकिन्छ भन्ने योजना बनाएका छौँ ।

 सुर्खेतमा यूवाहरुको स्थितिको विश्लेषण गर्नु भा’छ ?

===== सुर्खेतको मात्रै हैन, देशभरका यूवाहरुको समस्या भनेको बेरोजगारी हो । यो राष्ट्रिय समस्या पनि हो । सुर्खेत पनि त्यो समस्याबाट मुक्त भएको छैन । आम नेपाली युवाहरुको समस्याहरुसँगै सुर्खेतका यूवाहरुको समस्याहरु पनि छन् । यूवाहरुले एकातर्फ चाहेको विषय शैक्षिक क्षेत्रमा पढ्न नपाउने अनि उच्च शिक्षा हाँसिल गरिसकेपछि पनि योग्यता अनुसारको काम नपाउने स्थिति छ ।

जसले गर्दा कतिपय सन्दर्भमा यूवाहरुलाई विकृति र विसङ्गतितर्फ उन्मुख गराएको छ । यो राज्यले काम दिन नसकेको परिस्थितीले गर्दा पनि यो समस्या उत्पन्न भएको छ । तपाई हामीलाई थाहा छ, जुन देशले आफ्नो देशको यूवाहरुलाई काम दिन सक्दैन, त्यो देश कहिल्यै बन्दैन । जति पनि अन्य देशहरु विकसित भएका छन् । उन्नतिको शिखर चढेका छन्, तिनीहरुले आफ्नो देशको ऊर्जावान यूवा शक्तिलाई आफ्नै देशमा काम दिएको छ । जसले आफ्नो देशका यूवालाई काम दिन्छ, त्यो राष्ट्र सम्बृद्ध बनेको छ ।

हामीले सुर्खेतमा मात्र हैन, देशभरी आम यूवाहरुलाई काम दिने, यूवाहरुलाई आत्मनिर्भर भएर बाँच्न सिकाउने, बाँच्ने ग्यारेण्टी गर्ने त्यो खालको व्यवस्थाको माग गरिरहेका छौँ । हामीले सुर्खेतका आम यूवाहरुको समस्या भनेको बेरोजगारी हो, जसका कारणले गाउँ छोडेर सहर त्यहाँबाट पनि नभएर देश नै छोडेर विदेशिने परिस्थिति छ । हामीले यो समस्याहरुबाट मुक्त गर्नका निम्ति आत्मनिर्भर भएर आफ्नै देशमा केही गर्न सक्ने वातावरण सिर्जना गर्ने कुरामा केन्द्रित हुन्छौँ ।

 भूगोलका हिसाबले प्रदेश नं ६ को राजधानीको रुपमा हेरिएको सुर्खेतको विकासमा यूवाहरुको भूमिका के हुन सक्छ ?

======  मैले अगाडि पनि भनेँ, जुन देशले यूवाहरुलाई काम दिन सक्दैन, त्यो देश कहिल्यै विकसित भएको छैन । हामीले हाम्रो यूवाहरुलाई आफ्नै देशमा काम दिएर, आत्मनिर्भर बनाएर बाँच्नका निम्ति प्रेरित गर्ने राज्य र यूवा क्षेत्रमा काम गर्ने सबै संघसंस्थाहरु एकजुट भएर लाग्नुपर्दछ । ६ नम्बर प्रदेशलाई विकसित बनाउनको लागि यूवाहरुलाई यहीँ काम गर्ने वातावरण बनाउनुपर्छ ।

६ नम्बर प्रदेश भनेको चुनौतीका बीचमा पनि अत्यन्त सम्भावना भएको प्रदेश हो । अहिले हामी गरिबीका हिसाबले, भौगोलिक विकटताको हिसाबले अलिकति पछाडि पढेको अवस्थामा छौँ । तपाईले अन्न उत्पादनका हिसाबले हेर्नुभयो भने नेपालको अत्यन्त राम्रो उत्पादन हुने ‘ए’, ‘बी’, ‘सी’का हिसाबले ‘सी’ कलासमा छौँ । सुर्खेत जिल्लामा मात्रै गहुँ उत्पादनका हिसाबले अझ तल्लो दर्जामा छौँ । त्यो भनेको सुर्खेत, दैलेखदेखि सल्यानसम्म हामी अन्न उत्पादनमा कमजोर छौँ ।

हामी पर्यटन, जडीबूटी, फलफूल खेती, तरकारी खेती, वनस्पतिका हिसाबले अत्यन्त राम्रो सम्भावना बोकेको ठाउँ हो । अब हामीले यो प्रदेशको विकासका लागि श्रमप्रतिको सम्मान जगाउनु पर्छ । यहीँ काम गरेर आफ्नो देश, प्रदेश र जिल्ला संमृद्ध बनाउने कुरामा काममा प्रेरित बनाउने वातावरण बनाउनु पर्छ भन्ने अभियानमा हामी लागिरहेका छौँ ।

 राजनीतिक दलहरुले यूवाहरुलाई प्रदुषितरुपमा प्रयोग गरिरहेका छन् जस्तो लाग्छ कि लाग्दैन ?

=====  यूवाहरु आफै पनि परिवर्तनका आकाङ्क्षी हुन्छन् । यथास्थितिमा यो अवस्थालाई यूवाहरुले स्वीकार्दैनन्, जहिले पनि राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरको पक्षमा यूवाहरुले यो देशको हरेक राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तपाईको २००७ सालको राणा शासनविरोधी आन्दोलन होस्, पञ्चायत विरोधी आन्दोलन, २०६२÷६३ को लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन किन नहोस्, ति सबैमा यूवाहरुको अत्यन्त अग्रणी भूमिका रहेको छ ।

राजनीतिक पार्टीहरुले अहिले हामीले के भनिरहेका छौँ भने राजनीतिक पार्टीहरुले हरेक आन्दोलनहरुमा यूवाहरुको अग्रमोर्चामा लडेको बलिदानीपूर्ण इतिहास छ । त्यसको न्याय गर्न सकिरहेका छैनन् । राजनीतिक परिवर्तनपश्चात् यूवाहरुका समस्याहरुलाई सम्बोधन गर्ने गरी विभिन्न संघसंस्थाको आवाजले राष्ट्रिय यूवा नीति तयार भएको छ ।

राष्ट्रिय यूवा परिषद् गठन भएको छ । तर यो मात्र पर्याप्त छैन, यसलाई अझ कामकाजी बनाउने कुरामा सरकारले ध्यान दिनुपर्छ । तपाईले भन्नुभएजस्तै राजनीतिक पार्टीहरुले क्षणिकरुपमा आफ्नो लाभ लिनको लागि यूवाहरुलाई प्रयोग गर्ने तर परिवर्तनपश्चात् यूवाहरुका आम समस्याहरुप्रति बेखबर हुने परिस्थिति हामीले देखेका, भोगेका छौँ । चुनाव जित्नको लागि यूवाहरुलाई गुण्डाको रुपमा राजनीतिक दलहरुले प्रयोग नगरेको पनि हैन । अब यूवाहरुलाई कुनै पनि राजनीतिक दलको सत्ता परिवर्तनको भ¥याङ हुनबाट हामीले जोगाउनु पर्छ । विकृति र विसंगतिबाट यूवाहरु जोगिनु पर्छ ।

 यूवाहरुलाई राजनीतिकरुपमा लडाउने, भिडाउने भन्दा सृजनशील बनाउन के गर्नुपर्छ ?

=====  यूवाहरुले राजनीतिक आन्दोलनमा ठूलो भूमिका निर्वाह गरे । आज हकअधिकारको आन्दोलन मूलतः समाप्त भएको छ । लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् अहिले सबैजसो राजनीतिक पार्टीहरुले सामाजिक, आर्थिकरुपमा रुपान्तरणको नारा लगाईरहेका छन् । आर्थिक सम्बृद्धिको नारा लगाईरहेका छन्, त्यसमा हामी यूवाहरु पनि सामेल हुन चाहन्छौँ । अब ढुङ्गामुडा गर्ने, लड्ने, भिड्ने, हिंसात्मक बाटोतिर कसैले पनि प्रेरित गर्न जरुरी छैन ।

अब यूवाहरुलाई निर्माणमा लगाउनु पर्छ । अबको राजनीति भनेको हिंसात्मक, सडक हड्तालको राजनीति हैन, निर्माणको राजनीति हुनुपर्छ । अबका यूवाहरु देश निर्माणमा आफू आत्मनिर्भर भएर बाँच्ने व्यवस्थापनको पक्षमा छन् । अहिले स्वाभिमानका साथ हामी कसरी बाँच्ने भन्ने वातावरण बनाउन आवश्यक छ । अहिलेका यूवा आत्मनिर्भर हुन चाहन्छ तर त्यसका लागि राज्यले उपयुक्त वातावरण अझै बनाउन सकिरहेको छैन । अब आर्थिक सम्बृद्धि, आर्थिक रुपान्तरणको माध्यमबाट देशमा उत्पादन बृद्धि गरेर यूवाहरुलाई काम दिनुपर्छ ।

 तपाईको कार्यकाल सकि“दासम्म सुर्खेतका विभिन्न क्षेत्रका यूवाहरुलाई कस्तो देख्न पाइने छ ?

 मेरो कार्यकालमा सबै यूवाहरुको सहकार्यमा यूवाहरुलाई लागूऔषध दुव्र्यसनीमा यूवाहरुको संलग्नता, चेलिबेटी बेचबिखनमा यूवाहरुको संलग्नता, विभिन्न खाल्का विकृति र विसंगतिमा यूवाहरुको नाम आउने गर्छ । त्यस्तो क्षेत्रमा यूवाहरु बाटो बिराएका यूवाहरुलाई सही मार्गमा हिडाउनको निम्ति एउटा जागरणको भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेका छौँ ।

यसका अतिरिक्त अब आत्मनिर्भर भएर उत्पादनसँग जोडेर श्रमसँंग जोडेर यूवाहरुले आफ्नै आँगनमा कहीँ गर्न सकिन्छ, केही गर्नुपर्दछ भन्ने मान्यता बोक्ने यूवा पंक्ति उत्पादन गर्नेछौँ । पढे–लेखेको यूवाहरुले कृषि, पसल, यस्ता उद्यमशील कामहरुमा संलग्न हुनुहुँदैन भन्ने श्रमप्रति सम्मान नगर्ने पुरानो मान्यता छ । त्यसबाट मुक्त गर्नुपर्दछ । हामी उत्पादनमा जोडिएका यूवापंक्ति तयार गर्ने यो अभियानमा हामी लागेका छौँ ।

 अन्तमा केही भन्न चाहनुहुन्छ ?

===== अन्तमा यूवाहरुको क्षेत्रमा काम गर्ने जिम्मेवारीका साथ सरकारको तर्फबाट आएको छु । अहिले हामी जिल्ला यूवा परिषद्लाई विस्तार गर्ने प्रक्रियामा छौँ । हामी सुरुवाती अवस्थामा छौँ । यसभन्दा अगाडि यो संरचना यूवा मन्त्रालयअन्र्तगत थिएन । अहिले नेपाल सरकारको यूवा मन्त्रालयअन्तर्गत यूवा परिषद् गठन भएको छ । राष्ट्रिय यूवा नीति आएको छ तर यूवा लक्षित कार्यक्रमहरु विभिन्न निकायहरु, विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका छन् । यी कार्यक्रमहरुसँग सहकार्य गर्दै सबैको साथ र सहयोग लिएर म अगाडि बढ्नेछु ।