२०८१, २१ बैशाख शुक्रबार

सुर्खेतबाट पनि ईटहरीका मेयर चौधरीलाई कारबाही गर्न माग

ईटहरी उपमहानगरपालिकका मेयर द्वारिकालाल चोधरी/फाइल फोटो

सुर्खेत ।
ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाला चौधरीले सार्वजनिक कार्यक्रममा महिलाका विषया बोलेको आपत्तिजनक शब्दप्रति सुर्खेतस्थित विभिन्न संघसंस्थाहरुले भत्र्सना गरेका छन् । मेयर चौधरीको अभिव्यक्तिले महिलाको महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार भएको भन्दै भत्र्सना गरेका छन् ।

सुर्खेतस्थित आवाज संस्था, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, संकल्प सञ्जाल, मगर महिला संघ कर्णाली प्रदेश, वाम संस्था, सुन्दर नेपाल संस्थालगायतका विभिन्न संघसंस्थाले सोमबार विज्ञप्ती जारी गर्दै ईटहरीका मेयर चौधरीमाथि कारबाहीको माग गरेका हुन् ।

‘लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका आन्दोलनमा पुरुष सहकर्मीहरुसँग काँधमा काँध मिलाएर आन्दोलनमा होमिदै गर्दा नेपाली महिलाले निरंकुस सामन्तिी पितृसत्तात्मक सोचमा पनि परिवर्तन आउने अपेक्षा गरेका थिए । तर लोकतान्त्रिक सासन व्यवस्थामा शासकहरुले समेत एकपछि अर्को गर्दै महिलाप्रति विभेद तथा हिंसा गर्ने कामलाई निरन्तरता दिइरहेका छन् ।’ विज्ञप्तिमा भनिएको छ ।

मेयर चौधरीको अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेकोले उनीमाथि अबिलम्ब बारबाही गर्नुपर्ने माग विज्ञप्तीमार्फत गरिएको छ । वंगलादेशमा एमबिबीएस पढ्दै गरेका छात्राहरुको विषयमा विवादास्पद अभिव्यक्ति दिएकै कारण कानुनमन्त्रीले आफ्नो पदबाट राजिनाममा दिएजस्तै मेयर चौधरीलाई पनि उनी संलग्न पार्टीले कार्वाही गर्नुपर्ने माग गरिएको छ ।

यस्तै महिलाको अस्मिताविरुद्धका यस्ता व्यवहारविरुद्ध आवाज उठाउन मानव अधिकारकर्मीहरुलाई आग्रह गरिएको छ ।