२०८१, ८ बैशाख शनिबार

दैलेखमा टेलिफोन नेटवर्क बिस्तार कछुवा गतिमा भयो : सांसद बिसुन्के (भिडियो सहित)

काठमान्डौ ।
सांसद पार्वति कुमारी बिसुन्केले दैलेखका अधिकांश स्थानमा नेपाल टेलिकमको मोबाइल नेटवर्कले काम नगर्ने समस्या रहेकोले सरकारले यसको समाधान गर्न पहल गर्नुपर्ने बताएकि छन । आजको प्रतिनिधिसभामा बोल्दै सांसद बिसुन्केले गृहजिल्ला दैलेखको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन ।

दैलेख कर्णाली प्रदेशको राजधानिसंगै जोडिएको जिल्ला भएपनि संचारको सहज पहुँच भने अधिकांस स्थानमा पुग्न सकेको छैन । “विकासले पछाडी परेको कर्णाली प्रदेशको दैलेख जिल्लामा हरेक दिन दैलेखी जनताले संचारको एकमात्र भरपर्दो माध्यम टेलिफोन सेवाको समस्या झेल्नु नयाँ विषय होइन । करिब ३ लाख जनसंख्या रहेको जिल्लामा आजको दिनसम्म पनि टेलिफोन नेटवर्क विस्तारको काम कछुवा गतिमा भएको छ ।” सांसद बिसुन्केले भनिन ।

सामान्य खाले प्राकृतिक प्रकोपबाट टेलिफोन अवरुद्ध हुनाले दैलेखी जनतालाई संचारको पहुँचबाट पटकपटक टाढा बनाएको उनको भनाइ छ । “नेपाल दुरसंचार प्राधिकरणले पटकपटक गएर अप्टिकल फाइबर नेटवर्क जडान गर्छौँ भनेर सर्भे गर्ने तर कार्वानयन नगरेको जनगुनासो छ ।” उनले भनिन । सांसद बिसुन्केलेगर्न्धित मन्त्रालयले दुरसंचार प्राधीकरणलाई सर्भे गरेअनुसार कार्यान्वयन गराउन पहल गर्न ध्यानाकर्षण गरेकी छन ।