२०८१, १९ चैत्र बुधबार

नेपाली सेना र सडक संघर्ष अनि विकासका लागी पुछिएको सिन्दुर

hemanta dadaहिजो जनयूद्धकालिन अवस्था देखी अहिले सम्म जनता सँग सडक जोड्नलाई नेपाली सेनाले दिनरात भिरपहारा फोर्दै सडक संघर्ष गर्दै हिमाल, पहाडलाई केन्द्र संग जोड्न प्रयास गरिरहेको छ ।

जाजरकोट, डोल्पा र रुकुमका वस्तीमा मात्र असम्भव भनिएका दर्जन भिम कार्यहरु सेनाले सजिलै फोर्दै जनताको घर आंगनमा मोटर गुडाएर खुसीका दिन ल्याएको छ केही अझै वाँकी रहेको छ । सेनाले छिन्चु देखी जाजरकोट सम्म मात्र दर्जनौ कठिन चट्टानहरु फोरेको थियो ।

यो कार्य अहिले जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणीमा पुगेको छ । यसका मुख्य योजनाकार हुन कर्णेल विश्ववन्धु पहाडी । उनकै कुशल नेतृत्वले वषौदेखी असफल हुँदै आएको सडक निर्माण कार्य जनता सँग हातेमालो गर्दै गतिका साथ अगाडी वढेको छ ।

राजनैतिक नेतृत्वको खिचातानीले गर्दा यो सडक निर्माणमा वेला वेलामा चुनौति आएपनि सेनाको निरन्तर खट्न पटनले सडक आशा लाग्दो गतिका साथ अगाडी वढेको छ । वर्षेनी दुर्गममा विकासका कुरा गर्ने वजेट भरी आफ्नै तिर ओर्सान बानी वसेका सरकारको चापी च्यापेर वसेका केही राजनैतिक नेतृत्वले गर्दा कर्णाली अञ्चल संगै जाजरकोट विकासमा पछि परेको छ ।

दुर्गमको नाम विक्री गरेर राजधानीमा महल निर्माण गर्नेहरुले यहाँको विकटलाई थप पिडा दिएका छन् । पर्याप्त वजेट नभएमा काम गर्न निकै मुस्किल पर्दछ यो दुनियालाई थाह छ तर अभाव भएको ठाउँमा, आवश्यक परेको क्षेत्रमा वजेट पर्याप्त दिनुको ठाउँमा नेता विशेषको ठाउँका वजेट थुर्पादा विकास गर्ने ठाउँमा विकास नहुँने, आवश्यकता नपरेको ठाउँमा वजेट पठाउदा वर्षेनी वजेट फिर्ता हुनका साथै भ्रष्टाचार मौलाउने गरेको कुरा अवगत नै छ ।

सेनाले काम गदै अगाडी वढेको छ तर राजनैतिक नेतृत्वले पर्याप्त वजेट विनियोजन नगर्दा निर्माण कार्यमा सधै सेना अभावको महसुस गरिरहेको छ । विकास गर्नलाई त प्रयाप्त वजेट व्यवस्था गर्नुपर्दछ । सडक विकास गर भन्ने मात्र रकम पर्याप्त नदिदा कसरी होला विकास ।

छिन्चु देखी जाजरकोट सम्म विकास निर्माण गर्दा राज्यको मुख्य ठाउँमा वसेकाहरुले वजेट प्रयाप्त नदिदा र निर्माण गर्नुपर्ने पुल पुलेसाका लागी ध्यान नदिदा जाजरकोटवासी दुर्गमको पगरी गुथेर विकासको अभावमा कति दिन छट्पटी गर्नुपर्ने हो ।

हामीलाई यसको न्याय कसले दिन्छ । राज्यको पहुँचमा वल्ल वल्ल जाजरकोट पुगेको थियो । केही विकासका नयाँ सिराहरु जाजरकोटमा देखिएका थिए । दुभाग्य वस ती शिरहरु विहानीको सुर्यका किरण तन्नेरी हुँन नपाउदै फेरी घाटी रेटेर हत्या गर्ने काम भएको छ ।

सेनाले निर्माण कार्य पुरा गरेको सडकमा सयौदेखी निर्माण गर्नुपर्ने पुलहरु निर्माण नगर्दा वर्षायाम भएदेखी खोलाको अनुहार देख्न वितिकै गाडी भाडा भन्दा खोला तारेको रकम छुट्टै तिर्नुपर्ने हाम्रो विकास त्यतातीर रहेको छ । जाजरकोटले गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई पाएपछि छिन्चु –जाजरकोट डोल्पा सडक खण्डमा दर्जन पुल निर्माण कार्यको अन्तिम तयारीमा पुगेको अवस्थामा उहाँको ९ महिने कार्यकाल धरापमा पारिएको छ ।

अव जाजरकोट, डोल्पावासीले फेरी विकास निर्माणका कुरा गर्न सिहदरवारको ढोकानजिक पुग्न वर्षौ लाग्ने देखिन्छ । पिडाका साथ भन्नु पर्दछ विकास गर्न कुरा गरेर हुदैन राजनैतिक अनुसाशन हुनुपर्दछ । १३ वर्षदेखी अलपत्र परेको रकम सल्ली स्थित भेरी पुल शक्तिवहादुर वस्नेतको ९ महिना गृहमन्त्री हुँदाको कार्यकालमा निरन्तरको खवरदारीले निर्माण कार्य सम्पन्न भएको छ ।

अव यो सडक खण्डमा एक दर्जन पुलहरु वन्दै छन् । जाजरकोट मात्र नभएर ६ नम्बर प्रदेशको गहनाको रुपमा रहेको नलसिंह गाड जलविद्युत आयोजना पनि यहि सडक निर्माण कार्य पुरा भएमा मात्र निर्माण कार्य सहज वन्ने देखिन्छ । यसका लागी केन्द्र सँग जाजरकोटले निरन्तर लडाई लड्नु बाहेक विकल्प छैन । अहिले जाजरकोट देखी डोल्पा सम्म निर्माण कार्य हुँदै गरेको सडक पनि दर्जनौ सडक निर्माण गर्नुपर्ने देखिएको छ ।

सेनाले सडक निर्माण कार्य तिव्र पारेको छ तर निर्माण भएको सडकको वीच वीचमा पुल निर्माण गर्नका लागी त राज्यका निती निर्माणमा वसेकाहरुको ध्यान पुग्नु पर्दछ । विकास जनताको लागी गर्ने हो तर यहाँ त कसको राजनिती कसले सक्ने हो भन्नेमा लडाई छ । कुनै नेताले वढी विकास गर्न थाल्यो भने अर्को नेताले आप्नो राजनिती धरापमा पर्ने भो भन्दै खुट्टा तान्ने प्रवृती सरकार गठन संगै सुरु हुन्छ । डोल्पामा सडक निर्माण गर्नका लागी राज्यले वजेट वढाउनु पर्दछ ।

सेनाको काम प्रभावकारी वनाउनका लागी राज्यले प्रयाप्त वजेट पठाएमा मात्र डोल्पामा छिटो यातायात पुग्ने देखिन्छ । जुन राजनैतिक ईमान्दारिता चाहिन्छ । अहिले जाजरकोट,डोल्पा संगै दुर्गम अर्थात कर्णाली अञ्चलको सिन्दुर पुछिएको यहाँका नागरिकले महसुस गर्न थालेका छन् ।

जाजरकोट देखी डोल्पा सम्म सडक निर्माण गर्नका लागी चाहिने आवश्यकिया वस्तुहरु लिन मात्र हेलिकप्टर र खच्चडकै भर पर्नुपर्ने अवस्था छ । यो निकै खर्चीलो मात्र होईन निकै जटिल पनी छ । यो वाँकी सडक निर्माण गर्नका लागी निकै चुनौति छ किनभने कडा चट्टान मात्र भएका कारण निकै जोखिम रहेको छ ।

यो सडकमा विश्ववन्धु पहाडीको जय जय कार छ । काम जसले पर्न सक्यो ,चुनौति जसले मोल्न सक्यो उसैको यहाँ जय जयकार हुदोरहेछ । यस सडकमा निरन्तर वजेटको लागी संर्षस गर्ने जाजरकोट क्षेत्र १ का सभाषद् तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई पनि जनताले निकै सम्झीरहेका छन् ।

विकास गर्नका लागी पहल कदमी लिनु राम्रो कुरा हो तर पहल लिनेलाई धरापमा पार्न सयौ उपाए निकाल्नु विकास विरोधी कार्य कार्य हो । विकास निर्माणको सवालमा जाजरकोट ,डोल्पाले जति आशा गरेको थिए त्यो आशा अव हत्या भएको छ ।

अझै पनि पछाडी पारिएको ठाउँमा लाई राज्यको मुलधारमा ल्याईपु¥याउन लागी संर्घष गरिएको हो भने प्रचण्ड नेतृत्वमा वन्न लागेको सरकारले दुर्गमको प्रतिनिधीत्व गर्नुगर्दछ नत्र भने हिजो गाउँ वाट उठेको जनयूद्ध सहरमा गएर गाउँलाई विर्सेको जस्तो हुनेछ । सिंहदरवारमा पठाउने यहि हेपिएको, लुटिएको जस्ती नै हो ।