२०८१, ५ जेष्ठ शनिबार

रुकुम पश्चिम स्यालाखदीमा टावर छैँन

रुकुम पश्चिम – रुकुम पश्चिम आठविसकोट नगरपालिका ३ स्यालाखदीमा रहेको नेपाल टेलिकमको नमस्तेको टावर एकहप्ता देखि ठप्प भएको छ । स्यालखदीको नयाँडाँडामा रहेको टावरमा खराबी आउँदा त्यसक्षेत्रका सेवाग्रही मर्कामा परेका छन् ।

गत एकहप्ता देखि साविक स्यालाखदी र आसपासका सर्वसाधारण फोन सेवाबाट बन्चित भएका छन् । टावर नहुँदा काम बिशेषले जिल्ला बाहिर तथा पढाइको शिलसिलामा घरदेखि टाढा रहेका आफन्त संग फोनगर्न समस्या भएको स्थानिय लक्षकण बोहोराले जानकारी दिनुभयो ।

उक्त ठाउँमा हाल नमस्तेको टावरमात्र संचालनमा रहेको छ । टावर एकवर्ष अघि मात्र निर्माण गरिएको हो । एक हप्ता बितिसक्दा पनि फोनसेवामा आएको समस्याबारे सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानियले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार