बैंकहरुलाई गाउँ जान मुख्य मन्त्रीको सुझाब
सुर्खेत, फागुन १६ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश राजधानी सुर्खेतमा रहेका बित्तिय कारोबार गर्ने संस्था र बैकहरुलाई लगानी गर्न गाउँ जान निर्देशन एिका छन् । बुधबार भेटघाटका लागी मुख्य मन्त्रीको कार्यकक्षमा पुगेका यहाका बित्तिय संस्थाका प्रमुखहरुलाई बित्तिय कारोबार शहरमात्रै नभएर गाउ केन्द्रीत गर्न र निति बनाएर गाउ जान निर्देशन दिए । गाउँमा काम गर्ने ईच्छाशक्ती भएकाहरु पनि लगानी नपाएर बसीरहेको भन्दै बैक तथा वित्तीय संस्थालाई गाउ पस्न सुझाब दिए
मुख्य मन्त्री शाहीले प्रदेश सरकारले निजि, सरकारी र बैदेसिक लगानीकर्ताका सयुक्त प्रयासले आर्थिक सम्बृद्धि हुने भन्दै सरकारले लगानी मैत्रि बातावरण बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । वित्तीय संस्थाका प्रतिनिधीहरुले भने बैकहरुलाई आबश्यक पर्ने बिद्युत, टेलिफोन, सुरक्षा र भौतिक पुर्वाधारहरुको ब्यवस्थाको आवश्यक प्रबन्ध गर्न सरकारलाई आग्रह गरेका थिए । सुर्खेतमा २७ वटा बैकहरु र २ वटा फाईनान्सीयल संस्था गरेर २९ वटा बित्तिय कारोबार गर्ने संस्था रहेको जनाईएको छ ।