भैगो गोलीले झै बोलीले थर्काउन नखोज,
मुक्तक
देखाएरै छाडिस औकात भन्ला कि नभन्ला,
गरिस हामी माथि घात भन्ला कि नभन्ला ?
मैले बिदेशी केटी भित्र्याउदा यो समाजले,
कुन होनी उसको जात भन्ला कि नभन्ला ??
भैगो गोलीले झै बोलीले थर्काउन नखोज,
फूलको जवाफ पत्थरले फर्काउन नखोज ।
फुटेर यो मन उहिल्यै टुक्रा टुक्रा भै सक्यो,
सिसा झै घरीघरी मलाई चर्काउन नखोज ।।
साली परबाट आँखा तर्छे म के गरु,
मुस्कुराउदै म नजिक सर्छे म के गरु ।
न निल्नु न उकाल्नु भाको छु हजुर,
मेरै पछि लागेर मरिहत्ते गर्छे म के गरु ।।
केही पराई अनि केही आफन्ती हुनेछन्,
हो दुबै तिर मान्छेहरु अनगिन्ती हुनेछन् ।
फरक एउटा मात्र हुने छ आउनेहरुमा त्यो दिन,
मेरोमा मलामी र तिम्रोमा जन्ती हुनेछन् ।।
के के हुन्छ आज भोलि हाम्रो सिमानामा,
दिन दाहडै चल्छ गोलि हाम्रो सिमानामा ।।
हेर्नु छ अब कस्ले बनाउँछ पक्की पर्खाल
प्रचण्ड या केपि ओलि हाम्रो सिमानामा ।।
केही भर छैन रे अचेल ख्याल गरे है आमा,
आश गरे सास छौउन्जेल ख्याल गरे है आमा ।।
जताततै बस्ती दुबान पहिरोको खबर सुन्छु,
अविरल झरिको बर्खाभेल ख्याल गरे है आमा ।।
हाँस्दा अनि रुदाको अनुभव छ म संग,
उनीसंग बिछोड हुदाको अनुभव छ म संग ।
तैपनि त संघर्षरत जिबन बाचि रहेछु म,
मर्दा अनि जिउदाको अनुभव छ म संग ।।
लुट्नेहरु भेटिन्छन अनि लुटाउनेहरु भेटिन्छन,
पिडा दिएर लुकि लुकि चिहाउनेहरु भेटिन्छन ।
पाइला बढाउ जिन्दगीको साथ म दिन्छु भनेर,
अचेल १ खुट्टा अघि तेर्साइ लडाउनेहरु भेटिन्छन ।।
कोमल मुटु साह्रो ठान्यो गल्ती कस्को हो,
सिसालाइ फलाम मान्यो गल्ती कस्को हो ।
फुटे सिसा जोडिँदैन थाहा हुँदाहुँदै पनि,
जानी जानी ढुङ्गा हान्यो गल्ती कस्को हो ।।
अहँ प्रकृतिलाई छलेर देखाउँछु भन्दिनँ,
आफ्नै बिधानले चलेर देखाउँछु भन्दिनँ ।
जति बाँच्छु तिम्रै प्यारा भएर रहनेछु,
एऊटै चितामा जलेर देखाउँछु भन्दिनँ ।।
धेरै गर्यो दुनियाँमा प्रगति विज्ञानले,
र गर्यो आविष्कार भएजति विज्ञानले ।
तर किन बनाउन सकेन खै मेरा लागि,
उसको याद मेटाउने ओखति विज्ञानले ।।