२०८१, २३ चैत्र आईतवार

मिस सुर्खेत {फोटो फिचर}

सुर्खेत, चैत ११ । सुर्खेतमा पहिलो पटक सञ्चालित मिस सुर्खेतको फाईनल प्रतियोगिता भोली (शनिबार) हुने भएको छ । गत माघ १० बाट सुर्खेतको वीरेन्द्रनगरमा शुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसनले आयोजना गरेको मिस सुर्खेत २०१७ को अन्तिम प्रतियोगीता शनिबार वीरेन्द्रनगरको घण्टाघरमा हुने भएको हो ।

प्रतिायोगीताको अन्तिम प्रतियोगीताका लागि निर्णायकको भूमिका निर्वाह गर्न मोडल दिपक घिमिरे र नायिका सञ्चिता लुईटेल आउने बिहिबार पत्रकार सम्मेलन मार्फत शुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसनका विजय खत्रीले जानकारी दिए । यस अघिका प्रतियोगीतामा कुनै शुल्क नलागे पनि अन्तिम प्रतियोगीतामा ५ सय रुपैयाँ टिकट शुल्क लाग्ने बताएका छन् ।

मिस सुर्खेत प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद पुरस्कार र राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् । प्रथम हुनेलाई ५० हजार, प्रतियोगिताको टपटेनसम्म पुग्नेहरुलाई सहभागिको प्रमाणपत्रको व्यवस्था गरिएको र टपटेनका सहभागिहरुलाई विभिन्न विधामा उत्कृष्ट छनौट गरीने खत्रीले जानकारी दिए ।

यस्तै २०२८ सालमा सुर्खेतको गुमिमा सञ्चालीत सौन्दर्य प्रतियोगीतामा प्रथम स्थान ओगटेकि तेजकुमारी गुरुगंलाई सम्मान गरिने भएको छ । मिस सुर्खेत २०१७ को आयोजक शुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसनले ६२ वर्षिय गुरुंगलाई प्रमाणपत्र सहित सम्मान गर्ने भएको छ ।