२०८१, २५ चैत्र मंगलवार

आज माओवादी केन्द्रको जनसभा, नेता बादलसहितले सम्बोधन गर्ने

सुर्खेत, चैत ११ । नेकपा (माओवादी केन्द्र) सुर्खेतले आज (शुक्रबार) यहाँको वीरेन्द्रनगरमा जनसभा गर्दैछ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै माओवादी केन्द्रले वीरेन्द्रनगरमा जनसभ ागर्न लागेको हो ।

सुर्खेत जिल्लाको आयोजनामा हुने जनसभामा पार्टीका बरिष्ट नेता रामबहादुर थापा (बादल), उर्जा मन्त्रि जनार्दश शर्मा, पूर्व गृहमन्त्री एवंम प्रदेश नं. ६ का इन्चार्ज शक्तिबहादुर बस्नेत लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

माओवादी केन्द्रले जनसभाका लागि तयारी पुरा भएको जानकारी दिएको छ । माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण बहादुर जिसीका अनुसार सुर्खेतका ९ वटै गाउँपालिका र नगरपालिकाहरुबाट पार्टीका संगठित सदस्यहरु जनसभामा सहभागी हुनेछन । पार्टीका संगठित सदस्यहरुलाई निमन्त्रण पठाइएको भन्दै उनले जुलुससहित जनसभा वीरेन्द्रनगरको पिपलचौतारमा सुरु हुने बताए । जनसभा १२ बजे सुरु हुने माओवादी केन्द्र सुर्खेतले जनाएको छ

यसैबीच माओवादी केन्द्रले जनसभाको प्रचारको लागि विहीबार साँझपख वीरेन्द्रनगर नगरपालिकाका विभिन्न क्षेत्रमा मोटरसाइकल ¥याली निकालेको थियो ।