२०८१, २० बैशाख बिहीबार

सञ्जालको संयोजकमा पुनः आचार्य

logoenayanepalसुर्खेत, साउन २४ ।
शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला संजाल सुर्खेतको संयोजकमा पुनः टिकाराम आचार्य चयन भएका छन् । जिल्ला स्थिति शिक्षासंग सरोकार राख्ने विभिन्न संसंस्थाहरुको उपस्थितिमा आईतबार वीरेन्द्रनगरमा सम्पन्न भएको दोस्रो भेलाबाट आचार्य पुनः २ वर्षका लागि संयोजकमा चयन भएका हुन् ।

आचार्य समाज जागरण केन्द्र (स्याक) नेपालका तर्फबाट संयोजकमा चयन भएका हन् । संजालको विधानमा व्यक्ति नभई संस्थाको प्रतिनिधित्व हुने र संस्थाले व्यक्तिलाई प्रतिनिधित्व गराउने भएकोले आचार्य स्याकका तर्फबाट संयोजकमा चयन भएका हन्

यस्तै भेला सदस्यहरुमा, सुन्दर नेपाल संस्था, दीगो विकास, आवाज संस्था, सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम), वातावरण, युवा सशत्तिःकरण मञ्च, युगआव्हान दैनिक र अन्तरनिर्भर समाजलाई पनि सदस्यमा चयन गरेको छ । सदस्य संस्थाहरुले पनि आफ्ना प्रतिनिधिहरुलाई सदस्यमा चयन गरेका छन् ।

भेला टिकाराम आचार्य को सभापतित्व तथा शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय कोषाध्यक्ष लालबहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो